Wednesday, January 27

अत्यन्त दु’खत खबर !! जाकार्ताबाट ५६ यात्रु बोकेर उडेको विमान समुन्द्रमा दु’र्घटना

January 10, 2021 115

अत्यन्त दु’खत खबर !! जाकार्ताबाट ५६ यात्रु बोकेर उडेको विमान समुन्द्रमा दु’र्घटना
काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए ।

५६ यात्रु थिए, जसमध्ये ३ शिशु र ७ बालबालिका छन् ।दुई पाइलट र चार चालक दलका सदस्य थिए ।फ्लाइट राडर २४ का अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो ।

यो विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । समुन्द्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले ठूलो आवाज सुनेका थिए ।सोलिहिन नाम गरेका एक व्यक्ति, जो माछा मार्ने काम गर्थे,ले बीबीसी इण्डानेसिया सर्भिसलाई बताएका छन् कि उनले विमान दुर्घटना भइरहेको देखेका थिए ।

लगतै आफ्नो क्याप्टेनका साथ समुन्द्रमा गए । उनले भनेका छन्, ‘विमान विजुली झै समुन्द्रमा खस्यो र पानीमा विस्फोट भयो ।’ विमानका केही अवशेष पनि भेटिएको छ ।

त्यहाँको नेशनल रिसर्च एण्ड रेस्क्यू एजेन्सीका अधिकारीहरुले भने दुघर्टना स्थल पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् । समुन्द्रको एक स्थानमा अवशेषहरु भेटिएको स्वीकार गर्दै एक अधिकारीले भनेका छन्, ‘समुन्द्रको गहिराई २०/२३ मिटर छ, हामी आज रातसम्ममा दुर्घटना स्थल पत्ता लगाउँछौं ।’ ***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्***

प्रतिकृया दिनुहोस्