News

नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्या’न गु’माउनेको संख्या ६० पुग्यो

काठमाडौं – नेपालमा बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साकी १८ वर्षीया महिलाको कोरोनाले मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पर्सा विरगन्जकै वर्ष ४६ का एक पुरुषको पनि कोरोनाका कारण मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नि’धन हुनेको संख्या ६० पुगेको छ ।

यसैबिच पछिल्ला दिनमा काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यकामा महामारीकै रुप लिएको जनस्वास्थ्य विज्ञको दा’बी छ ।

सरकारले लकडाउन केही पारे लगत्तै तराई तथा भारतका विभिन्न स्थानहरुबाट कोरोना सं’क्रमितहरु नै काठमाडौँ उपत्यका प्रवेश गरिरहेका कारण काठमाडौँमा दिनकै ५० को हाराहारीमा संक्रमित फेला पर्न थालेका छन् । जसका कारण उच्च जनसंख्या रहेको काठमाडौँ जो”खिममा परेको छ ।

यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने र उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ ।

उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै नाकामा नै कडाई गरेर स्वाब संकलन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close