News

आयो अहिले सम्मकै ठूलो खुशीको खबर, मधुमेह, उच्चरक्तचापको समस्या भएकी नब्बे वर्षीया वृद्धाले दश दिनमै कोरोना जितेर घर फर्किन्

विराटनगर-९० वर्षीया वृद्धाले दश दिनमै कोरोनालाई जितेर घर फर्केकी छन् । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट विराटनगर–६ निवासी मधु भट्टराईले आज कोरोनालाई जितेर घर फर्कन सफल भएकी हुन् । छोरा र नाति भन्दा अघि नै ९० वर्षीया ज्येष्ठ नागरिकले कोरोनामुक्त भएपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनलाई अस्पताल पुगेर सम्मानसहित बिदाई गरेका छन् ।

एउटै घरबाट चारजना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका परिवारका सासु र बुहारीले बुधबार कोरोनामुक्त भएका हुन् । भट्टराई साउन १९ गते अस्पताल भर्ना भएकी थिइन् ।उनमा मधुमेह, उच्चरक्तचापसहितका समस्या भएपनि कोरोना जित्न सफल भएपछि एउटा प्रेरणाको पाठ बन्न सफल भएकी छन् ।बुधबार आएको रिपोर्टमा २१ जनाको नेगेटिभ देखिएको हो । जसमा ९० वर्षीया भट्टराईको समेत नेगेटिभ आएको हो ।

Related Articles

Back to top button
Close