News

सुशान्त सिंह प्रकरण थप रहस्यमय बन्दै, सुशान्तको खाताबाट ५० करोड निकालेको रहस्य खुल्यो, तर प्रहरी चुप

एजेन्सी । भारतीय लोकप्रिय अभिनेता सुशान्त सिंह राजपुत यस्ता कलाकार बने जसले मृत्युपछि पनि सर्वाधिक चर्चा बटुले । सुशान्तले जीवित रहेको समयमा भन्दा पनि र्मतयु भएको २ महिनाबिचको समयमा त्यो भन्दा ठूलो चर्चा बटुलिरहेका छन् । यसैबिच उनको बैँक खाताबाट ५० करोड रुपैयाँ निकालिएको रहस्य बाहिर आएको छ ।

सुशान्तको बैँक खाताबाट ५० करोड रुपैयाँ निकालिएको बैँक स्टेटमेन्ट बाहिरिएसँगै सुशान्त प्रकरण अझै गहिराइमा जाने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सुशान्तकी प्रेमिका रियाले ठूलो रकम छोराको खाताबाट झिकेर हिनामिना पारेको आरोप सुशान्तका बाबु केकेले लगाइरहेका बेला बाहिरिएको यो बैँक स्टेटमेन्टले घटना संकास्पद भएको बिहार पुलिसको दाबी छ ।

यो घटनामा अनुसन्धानको काम अहिले मुम्बई पुलिसले गरिरहेको र सुशान्तको आफन्तहरुले यो केस सिबिआईलाई अनुसन्धानको लागि दिनुपर्ने माग गरिरहेका छन् । मुम्बई पुलिसले सुशान्तको मृत्युको कारण अहिले सम्म कुनै ठोस प्रमाण फेला नपरेको भन्दै आलटाल गरिरहनुको पछाडी के कारण छ भन्दै आफन्तले दबाब दिइरहेका बेला बैँक स्टेटमेन्टले घटनालाई फेरी थप रहस्यमय बनाइदिएको छ ।

सुशान्तको खाताबाट पछिल्लो ३ वर्षमा ५० करोड रुपैयाँ झिकिएको बिहार प्रहरीको दाबी छ । सुशान्त सिंहको पिता केके सिंहले रिया चक्रवर्ती र उनको परिवारले आफ्नो छोरालाई ज्यान फाल्न उक्साएको भन्दै बिहार पुलिसमा रिपोर्ट लेखाएका थिए । यसैबिच चर्चित कलाकार अनुपम खेरले सुशान्तको पक्षमा बोल्न सबैमा अपिल गरेका छन् ।

सुशान्तकी कथित प्रेमीकाले उनको करोडौँ रुपैयाँ खाएर भागेको आरोप लागीरहेका बेला अनुपमले सुशान्त्को पक्षमा बोल्नका लागि अपिल गरेका छन् । सामाजिक संजालमा एक भिडियो सेयर गर्दै अनुपमले भनेका छन् “सुशान्तको आफ्नो परिवार छ ।

उनका बुबा ७७ वर्षीय केके सिंह राजपुत आफ्नो छोरा के कारणले मर्यो बताइदिनुपर्यो भन्दै न्याय माग्दै हिँडेका बेला यहाँ विषयलाई विषयान्तर गर्दै अन्यत्र मोड्न खोजीएको भन्दै सुशान्तको पक्षमा सबैले आवाज उठाएर न्याय दिनुपर्ने बेला आएको अनुपमको तर्क छ ।

रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त, ब्रेकअप चाहेको कुरा मिडियामा आएका बेला रिया भने एकाएक भुमिगत हुनाले पनि घटना थप रहस्यमय हुनसक्ने प्रहरीले बताइरहेका बेला कलाकर्मीहरुले सुशान्तको पक्षमा आवाज उठाउन थालेका छन् ।

Related Articles

Back to top button
Close