News

कोरोना कहर : कक्षा ११ का विद्यार्थीले बुझाएको परीक्षा शुल्क फिर्ता पाउने

काठमाडौं । कोरोना कहरकाबिच कक्षा ११ का विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क फिर्ता पाउने भएका छन् । तर बिद्यार्थीबाट लिएको ६०० रुपैयाँमध्ये ४०० फिर्ता गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिनेछ । परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा बापत लिएको उक्त रकम फिर्ता गर्ने तयारी गरेको हो ।

बोर्डले लिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ‘डी प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ अनिवार्य ल्याउनुपर्छ ।

Related Articles

Back to top button
Close