News

सवारी लाइसेन्सबारे फेरि आयो यस्तो निर्णय

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ ।

चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क हटाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो । सरकारको निर्णयपछि विभागले सफ्टवेयर मिलाउने काम गरिरहेको हमालले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close