Saturday, January 23

आज पनि सोच्नै नसकिने गरि घट्यो सुनको मूल्य २०५८ सालको हाराहारी,बजारमा सुन सबै लुकाउन थाल्यो

January 10, 2021 73

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ ।

गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्