बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारी संग भेटघाट गरेसंगै अहिले यो विषय अझ केही चर्चामा छ ।
समाजसेवी सपनाले उक्त भेटघाटमा बे”वारिसे र बेस”हाराहरुको उचित किसिमको व्यवस्थापन साथै सरकारबाट मानवसेवाको लागि छुट्टाएको बजेट सहि ठाउँमा सदुपयोग होस् जस्ता आदि विषयमा छलफल गरेकी छिन् ।
रास्ट्रपतिसंगको भेटवार्ता पछि समाजसेवी सपनाले लेखेकी छिन्, “आज रास्ट्रपति ज्युसंग भेटेर बेवारिसे बेसहाराहरुको उचित किसिमको व्यवस्थापन साथै सरकारबाट मानवसेवाको लागि छुटिएको बजेट सहि ठाउँमा सदुपयोग भएको छ छैन ध्यान जाओस । र महिला रास्ट्रपति भएका देशमा किन हाम्रै स-साना बालिकाहरु बलात्कार भएर मर्नु परेको छ , संसद बिधटनमा रास्ट्रपति को सकारात्मक भुमिका लगाएतका केही कुराहरु राखेर आएको छु । आश छ पक्कै पनि मनन गरिदिनु हुने छ।”
त्यस्तै रास्ट्रपति संगको भेटवार्ता पछि सपनाले गोल्डेन टिभी युटुब च्यानलमा एक अन्तर्वार्ता दिदै भनेकी छिन; मैले रास्ट्रपति ज्यु लाई प्रश्न सोधिरहदा अक्मकाउनु हुन्थ्यो । “आखिर महिला रास्ट्रपति भएकै देशमा किन स-साना बालबालिका हरु बला¥त्कृत हुनुपरेको छ ।” जस्ता प्रश्नहरु सोध्दा उहाँ ले मेरो प्रश्नको उत्तर नै दिन सक्नुभएन जस्ता कुराहरू यस अन्तरवार्तामा गरेकी छिन । अब हेर्नुस पूरा अन्तरवार्ता ।
प्रतिकृया दिनुहोस्