International

कोरोना भाइरसको महामारीले ग्रस्त बनेको अमेरिका भूकम्प गएको छ । अमेरिकाको दक्षिणी ईलाकामा भूकम्पको झड्का महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । दक्षिणी क्यालिफोर्निया र त्यसको आसपासका क्षेत्रहरुमा मंगलवार राती १२ बजेर ३ मिनेट जाँदा ३।७ म्याग्निच्युडको भूकम्प गएको हो ।युएसजीएसका अनुसार भ्यु पार्क विन्सर हिल्सको दक्षिणी क्षेत्रभन्दा एक मील दूरी टाढाको क्षेत्रमा भूकम्प गएको हो । भूकम्पले कुनै क्षति नगरेको बताइएको छ। सन् १९९३ मा पनि त्यहाँ ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त क्षेत्रमा भूकम्पहरु आईराख्ने गर्दछन् । दक्षिणी क्यालिफोर्नियामा भूकम्पको धक्का महशुस गरिएको थियो । टोरेन्सको दक्षिणी खाडीमा भूकम्प गएपछि मानिसहरु घर बाहिरको सडकमा आईपुगेका थिए । लस एन्जिल्सका मेयर एरिक गार्सेटले भूकम्प पछि एक टिमलाई नोक्शान आँकलनका लागि खटाएका छन्। भूकम्पको कम्पन लगभग ३ मिनेटसम्म महशुस गरिएको थियो।

कोरोना भाइरसको महामारीले ग्रस्त बनेको अमेरिका भूकम्प गएको छ । अमेरिकाको दक्षिणी ईलाकामा भूकम्पको झड्का महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

दक्षिणी क्यालिफोर्निया र त्यसको आसपासका क्षेत्रहरुमा मंगलवार राती १२ बजेर ३ मिनेट जाँदा ३।७ म्याग्निच्युडको भूकम्प गएको हो ।युएसजीएसका अनुसार भ्यु पार्क विन्सर हिल्सको दक्षिणी क्षेत्रभन्दा एक मील दूरी टाढाको क्षेत्रमा भूकम्प गएको हो । भूकम्पले कुनै क्षति नगरेको बताइएको छ।

सन् १९९३ मा पनि त्यहाँ ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त क्षेत्रमा भूकम्पहरु आईराख्ने गर्दछन् । दक्षिणी क्यालिफोर्नियामा भूकम्पको धक्का महशुस गरिएको थियो ।

टोरेन्सको दक्षिणी खाडीमा भूकम्प गएपछि मानिसहरु घर बाहिरको सडकमा आईपुगेका थिए । लस एन्जिल्सका मेयर एरिक गार्सेटले भूकम्प पछि एक टिमलाई नोक्शान आँकलनका लागि खटाएका छन्। भूकम्पको कम्पन लगभग ३ मिनेटसम्म महशुस गरिएको थियो।

Related Articles

Back to top button
Close