Wednesday, January 27

ट्याक्टरको ट्रलीले किचेर बालिकाको मृत्यु

January 10, 2021 75

२६ पुस, धनकुटा । धनकुटा बजारमा ट्याक्टरको ट्रलीले किचेर एक स्कुले बालिकाको मृत्यु भएको छ ।
आइतबार बिहान विद्यालय जाँदै गरेकी धनकुटा नगरपालिका वडा नं. ८ पेलेकपाङ्ग घर भएकी १५ वर्षीया रेबिका आठपहरिया राईको ट्याक्टरको ट्रलीले किचेर घटनास्थलमै मृत्यु भएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनलाई धनकुटा नगरपालिका–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्बरको ट्याक्टरको ट्रलीले विहान ९ः३० बजे किचेको हो । उनी धनकुटा नगरपालिका–७ मा रहेको त्रिवेणी माविमा कक्षा–९ मा अध्ययनरत थिइन् ।
धनकुटा–७ का देवी श्रेष्ठको निर्माणाधीन घरमा बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाइड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । ट्याक्टर चालक प्रहरी नियन्त्रणमा छन् । अनलाइन खबर बाट,****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्