Tuesday, January 26

पशुपतिनाथको मन्दिर फेरि बन्द, यस्तो छ कारण !

January 10, 2021 78

पशुपतिनाथको मन्दिर फेरि आज (आइतबार) दिनभर बन्द हुने भएको छ ।

शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अब सोमबार बिहान ६ बजेमात्रै मन्दिर खुल्ने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ ।

धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले बताए ।

कोरोना महामारीका कारण झण्डै ९ महिना बन्द भएको मन्दिर गएको पुस १ गतेदेखि खुलेको थियो ।

पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो ।अनलाइनमार्ग न्युज डेस्क**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्