धेरैको पीडा देखेको छु मैले तर आज मन थाम्नै सकिन् सेयर गरेर ती धनी छोरा सम्म पुर्याइदिनुहोला! ७० बर्सिया बुबा जसको आफ्नै ४ वटा गाडी थियो,धेरै दुख गरेर छोरालाइ कम्प्युटरमा डिग्री गराए,अहिले उनले काठमाडौमै घर बनाए तर रोगले थलिएको बुबालाइ बास मिलेन अहिले आश्रममा बस्न बाध्य छ्न
धिक्कारछ ती कपुतलाइ जसले आफ्नो हर इच्छा चाहनालाइ बलि दिएर केबल आफ्नो सन्तानको खुशीको लागि रगतपसिना बगाएर खाइनखाइ एउटा स्थानमा पुर्याउने भगवानरुपि बुबाआमालाइ बुढेसकालमा जब सिकिस्त बिरामिले थलिएको बेला त मेरो बुबा हैनस भन्दै लत्याएर जन्छ्न!
र छोराको काठमाडौमै महल भएपनि एउटा अशक्त बुबाकोलागी अलिकती ठाउँ भएन र आज बृद्धआश्रम पुग्नुपर्यो ७० बर्से बुबाको पिडा सुनेर मैले आफैलाइ सम्हाल्न सकिन किन यति निर्दयी बन्दैछ मानिस?कता जादैछ समाज? याद गर्नुस पृथ्वी गोलो छ तपाइले खनेको खाल्डोमा तपाइपनी पर्नुहुनेछ !
प्रतिकृया दिनुहोस्