Monday, January 18

चीनमा फेरि बढ्न थाल्यो कोरोना, कति थपिए नयाँ संक्रमित ?

January 11, 2021 39

एजेन्सी । चीनमा कोरोना भाइरस संक्रमित नेपालमा भन्दा कम रहेको छ । चिनियाँ अधिकारीहरुका अनुसार चीनमा हाल संक्रमितको संख्या ८७ हजार ४ सय ३३ जना रहेका छन् भने बितेको २४ घण्टामा ६९ जना संक्रमित थपिएका छन् ।

यस्तै चीनमा कोरोनाबाट ज्यान जानेको संख्या ४ हजार ६ सय ३४ रहँदा हालसम्म कोरोना निको हुनेको संख्या ८२ हजार २ सय ११ जना रहेको छ । हाल चीनमा ५ सय ८८ जना मात्रै सक्रिय संक्रमित रहेको बताइएको छ ।

चीनमा भन्दा पछि संक्रमण सुरु भएको नेपालमा सो देशमा भन्दा धेरै संक्रमित रहेका छन् । कोरोना संक्रमितको हिसाबले चीन ८२ औं स्थानमा रहेको छ । चीनमा १६ जना संक्रमितको अवस्था भने चिन्ताजनक रहेको छ ।

प्रतिकृया दिनुहोस्