News

आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? (२० देशको तालिका)

काठमाडौँ । आज वैशाख २१ गते (आइतबार) अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको भाउ घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२० रुपैया ४८ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ५७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ३३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर ३८९ रुपैयाँ ७३ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१७ रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३१८ रुपैयाँ ६६ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close