Tuesday, January 19

फेसबुक चलाउँदै हुनुहुन्छ भने यस्ता कुरा भूलेर पनि नराख्नुहोस्,आउनसक्छ यस्तो गम्भीर समस्या

January 11, 2021 38

अहिले सन्सारको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक भएको छ । हरेकका हातमा मोबाइल छ, हरेक मोबाइलमा फेसबुक छ । तर चलाउन असावधानी अपनाउँदा कहिलेकाँही यही सामाजिक सञ्जालले समस्यामा पनि पार्ने गर्दछ ।फेसबुकको प्रयोगबाटै देशमा विभिन्न घटनाहरू घटिरहेका छन् । कतिपयले आफ्नो व्यक्तिगत विवरण फेसबुकमा सार्वजनिक गरिरहेका हुन्छन् । उक्त विवरणले साथीहरूले गलत फाइदा उठाइरहेका हुन्छन् ।

सुरक्षा निकायले पनि समय समयमा सामाजिक सञ्जालमा के राख्न उचित हुन्न भनेर सार्वजनिक आव्हान पनि गरिरहेका हुन्छन् । केही विवरणहरु फेसबुकमा नराखेकै राम्रो मानिन्छ, जुन निम्नानुसार छन् ।फेसबुक प्रोपाइलमा आफ्नो ठेगाना उल्लेख गरेमा कुनै व्यक्तिको विशेष निगरानी तपाईमाथि हुन सक्छ जसकारण विभिन्न समस्याहरू आउन सक्छन् । यस्तै, तपाईहरुले सकेसम्म फेसबुकमा आफ्नो वास्तविक जन्मदिन उल्लेख नगरेकै राम्रो हुन्छ । यसैलाइै आधार बनाएर कतिपय अपराधिक घटनाहरू घट्न सक्छन् ।

फेसबुक प्रोफाइलमा उल्लेख गरिएको सम्पर्क नंम्बरका आधारमा तपाईसँग सम्पर्क बढाई मानिसहरूले तपाईहरू माथि गलत दृष्टिले समेत हेर्न सक्ने भएकाले फेसबुक सकेसम्म सम्पर्क नंम्बर उल्लेख नगर्नु राम्रो मानिन्छ ।

परिवारका साना सदस्यहरूको नाम र तस्वीर नराख्नुहोस् । एक अनुसन्धानका अनुसार परिवारका साना सदस्यहरूको नाम तथा तस्विरहरूको नाम उल्लेख गर्नाले फरक किसिमका हिं साका कार्यहरू बढ्न् गरेको देखिन्छ ।

कार्यालय तथा स्कुल जाने समय पनि उल्लेख नगर्नुहोला । तपाईले कार्यालय तथा बच्चाहरू विद्यालय जाने समय फेसबुकमा उल्लेख गरेमा तपाईलाई कसैले निगरानी गरिरहेको हुन्छ जसले तपाई माथि विभिन्न समस्याहरू आउन सक्नेछ ।

बिदाको दिनको बारे फेसबुकबाट जानकारी नदिनुहोस् । तपाई आफ्नो बिदाको दिन फेसबुकमा उल्लेख गर्नुहुन्छ भने त्यो बानी तत्काल हटाउनुस् । तपाई यदि कसैको निगरानीमा रहनुभएको रहेछ भने त्यसले समस्या उत्पन्न गराउन सक्छ ।क्रेडिट कार्डबारेको जानकारी फेसबुक मार्फत् नदिनु राम्रो मानिन्छ । यस्तै यदि तपाई कुनै यात्रामा हुनुहुन्छ भने फेसबुकमा यसको बारेमा उल्लेख नगरेकै राम्रो हुन्छ ।

प्रतिकृया दिनुहोस्