Intresting

जब आफ्नो बिरामी बच्चा बोकेर आँखामा आसुका साथ अस्पताल पुग्यो बिरालो

काठमाडौ, बैशाख २०- आफ्नो छोराछोरी बिरामि भएपछि हरेक बाबु आमाले अस्पताल पुर्याएर उपचार गरिरहेका हुन्छन त्यस्तै यतिबेला एक बिरालोको तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । उक्त तस्विरमा हामि देख्न सक्छौ आफ्नो बिरामि बच्चा बोकेर एक बिरालो अस्पताल पुुगेको छ । उसले बच्चालाई मायाका साथ मुखमा च्यापेर अस्पताल पुगेको तस्विरले यतिबेला निकै चर्चा पाएको छ ।

सोहि बिरालोले बच्चा च्यापेर अस्पताल पुगेपछि देख्न मानिसहरु अचम्मित परिरहेका छन् । गत अप्रिल २७ मा ट्वीटमा बिरालोले बिरामी बच्चा बोकेर अस्पताल पुगेको तस्बिर सार्वजनिक भएको थियो । उनले जब बच्चालाई मुखमा चयापेर अस्पताल लग्छ तब अस्पतालमा कार्यरत चिकित्सकहरु नै आश्चर्यमा पर्छन बोर्डपान्डालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले यस घटनाका विषयमा जानकारी दिएको हो ।

आँखामा आसुका साथ अस्पताल पुगेको सोहि बिरालोको बच्चालाई अस्पतालमा पशु डाक्टर बोलाएर स्वास्थ्य अवस्था जाँच गरिएको बताइएको छ । डाक्टरका अनुसार बिरालाको बच्चाको अबस्था सामान्य रहेको छ । उक्त तस्विरले प्रष्ट गर्छ जनावर पनि मानिस जस्तै हन्छ ।
source:onlinenepal

Related Articles

Back to top button
Close