News

अनियमितता बढेको भन्दै लकडाउन मै कु’टिन थाले जनप्रतिनिधि

सुर्खेत,२१ वैशाख। घटना १- वैशाख १७ गते, कालिकोट पचाल झरना गाउँपालिका-१ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भयो। को;रोना संक्रमण रोकथामसँगै राहत वितरण तथा विकास निर्माणमा उपभोक्ता समिति गठनबारे स्थानीय युवासँग विवाद हुँदा कुटिएपछि उनी गम्भीर घाइते भएका छन्।

वडापालिकाको बैठक सकेर घर फर्किने क्रममा स्थानीय युवा उमेश न्यौपानेको नेतृत्वमा आएको समूहले वडाध्यक्ष माथि कु’टपिट गरेको हो। उनको टाउकोमा ठूलो चो’ट लागेको छ। घटना २- वैशाख १६गते, हुम्लाको सर्केघाट गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्ष कर्णजंग शाहीमाथि कु’टपिट भयो। गाउँपालिका-५ का वडाध्यक्ष शाहीमाथि प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बैठकमै हा’तपात गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा कर्मचारीको कार्य सम्पादन वि’रुद्ध स्टाटस लेखेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले वडाध्यक्ष लाई बैठक कक्षमै कु’टपिट गरे। घ’टना ३- वैशाख ९ गते, जाजरकोट जुनिचाँदे गाउँपालिका-२ मजकोटका वडाध्यक्ष राम बहादुर नेपाली राजनीतिक प्रतिशोधका कारण आफ्नै कार्यकक्षमा कुटिएको घटना सेलाउन नपाउँदै गत साता फेरि जाजरकोट भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि कु’टपिट भयो।

पछिल्लो पटक लकडाउनकै समयमा कर्णालीका जनप्रतिनिधि कुटिन थालेका छन्। को;रोना माहामारीको संक्रमणबाट बचाउन राहत उद्धार तथा विकासका नाममा अनियमितता बढेको भन्दै जनप्रतिनिधि कु’टिन थालेका हुन्। आफ्नो पक्षलाई योजना दिएको भ्र’ष्टाचार गरेको जस्ता आरोपमा जनप्रतिनिधि माथि आ’क्रमण बढ्दै गएको छ। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

Related Articles

Back to top button
Close