Video

पुजा र आकाशको फ्यानलाई दुखको खबर,आकाशले पुजासँगको सम्बन्धको बारेमा किन यसो भने(भिडियो हेर्नुहोस)

चलचित्र ‘रामकहानी’मा काम गरेपछि नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मित्रता गहिरो बन्यो । अहिले चलचित्र बनाउने निर्माताले पनि यी दुईको जोडीलाई खुबै खोज्ने गर्छन् ।त्यसैले पनि होला, चलचित्रमा एकसाथ काम गरेको २ वर्षमै यी दुईले ५ वटा चलचित्रमा एकसाथ काम गरिसकेका छन् । एकसाथ काम गरिरहँदा पूजा र आकाशबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि नचलेको होइन । तर, नायक आकाश श्रेष्ठ भने पूजासँग आफ्नो प्रेम सम्बन्ध नरहेको बताउँछन् ।

आकाशले भने–‘हामीलाई दर्शकहरुले निकै मन पराउनुभएको छ । त्यसैले पनि नाम जोडिएको हुनसक्छ । हामी एक अर्कालाई काममा साथ दिन्छौँ । तर, प्रेम सम्बन्ध नै छ भन्ने होइन । हामीमा साथी साथीमा हुने प्रेम छ ।’आकाशले पूजासँग मात्र काम गर्नुपर्छ भन्ने नभएको बताए । तर, दर्शकले आफूहरुको जोडीलाई निकै मन पराएका कारण पनि निर्माताले चलचित्रमा एकसाथ लिएको आकाशको भनाई छ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close