Video

भारतबाट लुकेर नेपाल छिरेका कोरोनाका बिरामीलाई ठुलो रिक्स मोल्दै प्रहरी र डाक्टरले लिए यसरि नियन्त्रणमा

प्रदेश नं ५ का रुपन्देही र बाँकेमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गरी रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीयमा कोरोना संक्रमण भएको पुष्टि भएको गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्यावस्था सामान्य छ । यही वैशाख ५ गते भारतबाट सुरक्षाकर्मीलाई छलेर अर्को गाउँपालिकाको सीमा नाका हुँदै रुपन्देहीको कोटहीमाई गाउँपालिका आएका युवकलाई मझगावामा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयको टोलीले वैशाख १७ गते उनको स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । युवकको मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमीरेले जानकारी दिनुभयो । “सम्मरीमाइ सिमानाबाट लुकिछिपी आएका उनलाई लिन दाजु गएका रहेछन् । उनलाई पनि क्वारेन्टाइनमा ल्याएर राखिएको छ । अन्य परिवारका सदस्यहरुलाई पनि निगरानीमा राखेका छौंँ”, उहाँले भन्नुभयो ।कोरोना संक्रमण देखिएपछि युवकलाई आजै दिउँसो बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको डा सुदर्शन थापाले जानकारी दिनुभयो । “अहिले आइसोलेशनमा राखेर उपचार भइरहेको छ , उहाँलाई पहिलेदेखि नै छारे रोगको समस्या रहेको देखिएको छ ”, डा. थापाले भन्नुभयो ।

यस्तै नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटिपिसिआर) मा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवं कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले जानकारी लिनुभयो । उहाँका अनुसार नेपालगञ्जका धार्मिकस्थलमा रहँदै आएका व्यक्तिको स्वाब नमूना जाँचका क्रममा आज रिपोर्ट पोजेटिभ भेटिएको हो । सङ्क्रमित व्यक्तिलाई सुरक्षा र स्वास्थ्य तयारीका साथ खजुरास्थित क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना आइसोलेशन अस्पतालमा उपचारका लागि लगिएको छ ।

जनस्वास्थ्य अधिकृत श्रेष्ठले कोरोना सङ्क्रमितसँगै रहेका सबैको स्वाब सङ्कलन गरिसकिएको जानकारी दिनुभयो । नेपालगञ्जमा रहेका मस्जिद तथा मन्दिरमा केही दिनदेखि व्यापक रुपमा स्वाब परीक्षण थालिएको छ । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि बाँके प्रहरीले यहाँका धार्मिकस्थलमा निगरानी बढाएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना भाइरस सङ्क्रमित भेटिएपछि उच्च सतर्कता अपनाउने निर्णय गरेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना सङ्क्रमणको आशंकामा नेपालगञ्जका चार स्थान बन्द गरेको छ । बाँके प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरेको छ । नेपालगञ्जका यी क्षेत्र साँघुरा र घनाबस्तीयुक्त हुन् । लकडाउनमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा संक्रमित व्यक्ति रमजानको शुरुआतीसँगै उक्त मस्जिदमा बस्ने गरेको बुझिएको छ । सोही मस्जिदका इमामको परीक्षण गर्दा उनको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना संक्रमित उनी लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए । उनको स्वास्थ्यावस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संङ्क्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । उनका श्रीमती र छोरा तथा नजीकका छिमेकीको पनि कोरोना जाँच गरिने भएको छ । नेपालगञ्ज धम्बोझीका अर्का एक युवकमा पनि सङ्क्रमणको आशंका गरिएपछि सो क्षेत्र बन्द गरिएको हो । ती युवक धम्बोझीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका उनी लामो समयदेखि घर छाडेर मस्जिदमा बस्दै आएका छन् ।

उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलशनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाब संकलन गरी जाँच गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीको स्कर्टिङ्गमा एम्बुलेन्समा राखेर उनलाई खजुरास्थित आइसोलेशन वार्डमा लगिएको हो । सङ्क्रमित एम्बुलेन्ससम्म सामान्यरुपमा हिँडेरै आएका थिए । सङ्क्रमितले नेपालगञ्ज –८ स्थित मस्जिदमा सहायकका रुपमा काम गर्दै आएको बुझिएको छ । रमजान शुरु हुनु केही दिन अघि मात्र उनी मस्जिदमा गएर बसेको बुझिएको छ । लकडाउनका अवधिमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा उनी रमजानको शुरुवातीसँगै मस्जिदमा बस्थे । मस्जिदका इमामको परीक्षण गर्दाे रिपोर्ट नेगेटिभ आएको छ । बिरामीलाई अस्पताल लाँदै गरेको दृश्य तल भिडियोमा हेर्नुहोस :

Related Articles

Back to top button
Close