Sunday, January 24

मजदुरी गरेर हुर्काएको छोरोलाई तस्करले मा´रे पछि उजाडियो आमा कलावतीको सबै सपना…!

January 11, 2021 127

मजदुरी गरेर हुर्काएको छोरोलाई तस्क`रले मा`रे पछि उजाडियो आमा कलावतीको सबै सपना…! नेपाल प्रहरीका साहायक निरिक्षक गोविन्द बिक सानै छंदा उनका बाबुले यो संसार छाडेर गएका थिए । त्यतिबेला उनी जम्मा नौ वर्षका बालक थिए । बाबुको नि´ धनपछि आमा कलावती बिकले गोबिन्दसंगै तीन छोरा र एक छोरीलाई मजदुरी गरेर हुकाईन् । गोबिन्द तीन दाजुभाईमा माहिला छोरा थिए ।

सुकुम्बासी परिवारका गोबिन्दकी आमाको बाबुको नि´ धनपछि सहारा केही थिएन । बुवा बि´ तेपछि परिवारको पालन पोषणको अभिभारा आमा कलावतीको काँधमा आईलाग्यो । सम्पत्तीका नाममा केवल एउटा ओत लाग्ने झुपडी थियो गोबिन्दको परिवारका लागी । त्यही झुपडीमा हुर्किएका थिए गोबिन्द । गोबिन्द र उनका दिदी भाईहरुलाई हुर्काउनको लागी आमा कलावतीले अर्काको खेतमा काम गरिन्, दाउरा बेचिन्, मजदुरी गरिन् ।

आफ्ना सन्तानलाई हुर्काउन आमा कलावतीले निकै कष्ट सहेरै भएपनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपनामा उनी लागि रहिन् । दाईभाईले पढाईमा धेरै रुचि देखाएनन तर गोविन्दले पढाई छोडेनन । पुनर्वासको क गाउँमा रहेको बागेश्वरीमा माविबाट एसएलसी पास गरे र थप पढाईका लागि उनकी आमा कलावतीले कैलाली बहुमुखी क्याम्पस भर्ना गरिन् ।

धनगढीमा डेरा गरेर पढाउन सक्ने आर्थिक हैसियत थिएन गोबिन्दको तर पनि छोरालाई पढाएर ठूलो मान्छे बनाउने सपना पुरा गर्न गोबिन्दकी आमाले रातदिन मजदुरी गरिन् । अन्तत; तीन वर्षअघि आमा कलावतीको सपना पुरा भयो । गोविन्दले नेपाल प्रहरीमा प्रहरी सहायक निरिक्षकमा नाम निकाले । त्यो दिन कलावतीका लागि मात्र नभएर उनको समुदायकै लागि ठूलो खुशीको दिन थियो ।

दलित समुदायबाट असई हुने गोविन्द पहिलो युवा थिए । पढेर के हुन्छ र भनेर बीचमै पढाई छोड्ने दलित समुदायका विद्यार्थीहरुका लागि त उनी प्रेरणाको स्रोत नै थिए किनकी उनी आफ्नै बलबुता, अध्ययन र मिहिनेतले असई भएका थिए । उनको न पहूँच थियो, न त उनी कुनै राजनैतिक दलका कार्यकर्ता थिए । आमा कलावतीको छोरा ठूलो भएको हेर्ने सपना भने धेरै समय टिकेन ।

भदौ पहिलो साता धनगढी उपमहानगरपालिका -१२ जुगेडा स्थित प्रहरी चौकीको ईञ्चार्जको जिम्मेवारी सम्हालेका गोविन्द कार्तिक १ गते राति गस्तीको क्रममा निस्किएका बेला तस्क`रहरुको एम्बुसमा परे । उनको बि’ भ’त् स ढंगले तस्क`रहरुले ह’ त्या गरिदिए । गोविन्द राति गस्तीबाट हराएको खबर सुनेपछि अत्तालिएका उनकी आमा र श्रीमती उनको ला´ श भेटिएयता होसमा छैनन् । परिवारका सदस्यहरु आफै विक्षिप्त झै छन् ।

गोविन्द सिंगो दलित समुदायको एक्लो असई थियो । उसैलाई मारिदिए । तस्करले गोविन्दले धनगढीमा डेरा लिई छोराछोरीलाई पढाईरहेका थिए । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

प्रतिकृया दिनुहोस्