Video

एउटै घटनामा दुई सन्तान गुमाएकी आमाको रोदन देख्दा कसको मन नरोला ? (भिडियो)

काठमाडौं । एउटै घटनामा दुई सन्तान गुमाएकी आमाको रो दन देख्दा कसको मन नरोला ? काखमा एक वर्षको बच्चा आमाको पी डामा संगै रोइरहेको छ । घर सानो झुपडी छ, आर्थिक अवस्था विपन्न यि महिलाले एउटै घ ट ना मा दुई साना छोराछोरी गुमाइन् । तीन दिन अघि रोल्पामा भएको ब म वि स्फो टमा आफ्ना दुई सन्तान विमला र विजयलाई गुमाएकी हुन् ।

५ वर्षको छोरा र ११ वर्षको छोरी गुमाएकी यि महिला रुँ दै भन्छिन् ‘एउटा सानो बच्चा छ काखमा अब यो छोरालाई कसरी हुर्काउने ?’ गोठाला पठाएको छोराछोरी वि स्फो टमा गुमेपछि आमाको बेहाल भएको छ । ‘अब सरकारले के सहयोग गर्न सक्छ गरोस्’ छिमेकीले भनिन् ।

आफुहरुले सोच्ने नसकेको घ ट ना भएपछि अहिले रोल्पमा शो क छाएको छ । सधै ति बालबालिका गोठाला जाने गरेका थिए । घरको काम सघाउन गएका उनीहरुको ब म वि स्फो टमा परी निधन भएको हो । उनका २ छोराछोरी सहित ४ जनाले ज्यान गुमाएका हुन् । २२ वर्षको उमेरमा ३ सन्तानको आमा बनेकी यिनको दुई सन्तानलाई एउटै घ ट ना ले लिएर गयो । महिलाको स्वास्थ्य पनि निकै कमजोर छ ।

‘घरमा पुरुष कोही पनि छैन, मन बुझाउने पनि कोही छैन, महिलाले रुँ दै भनिन् बुवालाई हेर्ने उनीहरुको रहर पनि अधुरै भयो ।’ बुवा रोजगारीको लागि वाहिर रहेका थिए । बुवा आउने खबरले निकै खुसी भएका छोराछोरीको त्यो सपना पनि अधुरो भएको छ ।

Related Articles

Back to top button
Close