News

दिबंगत अभिनेता ऋषि कपूरकी धर्मपत्नी नीतुले सामाजिक सञ्जालमा गरेको एक पोष्टले फेरी रुवायो कपुर परिवारलाई !

एजेन्सी, २१ बैशाख । बलिउडका अभिनेता ऋषि कपुरको असामयिक नि’धनले कपुर परिवार निकै दुःखी भएको छ । ऋषि कपुरको नि’धनपछि उनकी श्रीमती नीतु कपुरले सामाजिक सञ्जालमा एक भावुक स्टाटस पोस्ट गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

नीतुले ऋषि कपुरको फोटो सेयर गर्दै एकदमै थोरै शब्दमा धेरै पीड पोखेकी छिन्- ‘हाम्रो कहानी सकियो ।’उनको यो पोस्टले धेरैलाई भावुक बनाएको छ । नितुको पोष्टमा सेलेब्रेटी तथा फ्यानहरूले सान्त्वना दिएका छन् । बलिउड कलाकारले स्वर्गीय कपूरको आ’त्माको चीर शान्तिको कामना गरेका छन् ।

अभिनेता कपुरको बिहिबार मुम्बईको एक अस्पतालमा निधन भएको हो । थोरै मानिसहरुको उपस्थितिमा बिहिबार दिउसो नै मुम्बईमा उनको दा हसं स्कार गरियो ।

अन्तिम संस्कारमा आफन्त लगायत रणबीर कपुरकी प्रेमिका आलिया भट्ट पनि उपस्थित थिइन् । दिवंगत अभिनेता ऋषि कपुरका सबै आफन्त अन्तिम भेटका लागि उस्थित थिए । तर, रणबीरकी बहिनी रिद्धिमा कपुरले भने आफ्ना पितासँग अन्तिम दर्शन गर्न पाइनन् ।

दिल्लीमा रहेकी उनले लकडाउनले गर्दा अन्तिम विदाईमा सहभागी भएकी थिइनन् । मुम्बई पुग्नु अगावै अन्त्येष्टि गरिने भएपछि उनले भिडियो कल मार्फत नै भएपनि आफ्ना पिताको अन्तिम दर्शन गरिन् ।

Related Articles

Back to top button
Close