News

भोकभोकै भएका छोराछोरीलाई फकाउन ‘ढुंगा’ पकाउने यी महिलाको दर्दनाक कथाले विश्व स्तब्ध !

एजेन्सी, २१ बैशाख । केन्यामा एक महिलाले छोराछोरीको भोको पेट भर्न ढुंगा पकाएको समाचार यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कोरोना भाइरसको महामारीका कारण कामधन्दा ठप्प भएपछि छोराछोरीको भोको पेट भर्न उनले ‘ढुंगा’ पकाएको जनाइएको छ ।

पेनिना बहाती कित्साओ नामकी विधवा महिला ८ बच्चाकी आमा हुन् । उनी अन्य मानिसको घरमा गएर कपडा धोएर आफ्ना बच्चाहरुलाई पाल्दै आएकी थिइन् ।

उनले भनिन्, ‘लकडाउनले गर्दा सबै काम ठप्प भयो, घरमा खानेकुरा सबै सकियो । विकल्पमा पकाउन बाँकी चिज ढुंगा मात्र भेटेँ ।’

घरमा खानेकुरा केही नभएपछि भोकले रुने छोराछोरीलाई फकाउनको लागि उनले भाँडोमा ढुङ्गा राखेर उमालेकी हुन् । छिमेकी प्रिस्का मोमानीले पूरा घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि खबर चारैतिर फैलिएको हो ।

प्रिस्काले बच्चाहरु रोएको खबर सुनेर त्यहाँ जाँदा उक्त घटना भएको देखेकी थिइन् । उनको अवस्थाबारे थाहा पाएपछि उनलाई सहयोग गर्नेहरु पनि बढेको जनाइएको छ ।

उनको छिमेकीहरुले बैंक अकाउण्ट खोलिदिएपछि उनलाई बैंक अकाउण्टमा सहयोग प्राप्त हुन थालेको जनाइएको छ ।

Related Articles

Back to top button
Close