Tuesday, January 26

हातको नङ हेरेर पत्ता लगाउनुहोस् तपाई कति धनवान ?

January 11, 2021 50

हातको रेखा हेरेर भविष्यवाणी गर्ने त तपाईले सुन्नु भएकै होला तर हातको नङ हेरेर आर्थिक स्थिति पत्ता लगाउने कुरा सायद पहिलो पटक पढ्नु भएको होला।

हजुर नङको आकार र रंगबाट तपाईको आर्थिक स्थिति र स्वभाव पत्ता लगाउन सकिन्छ। गरुड पुराण अनुसार जसको नङ पहेलो हुन्छ त्यो मानिस नपुंसक हुन्छ।

जसको नङमा धब्बा र हेर्दा राम्रो देखिदैन यस्तो व्यक्ति जीवनमा धेरै उन्नति गर्न सक्दैनन्, यिनीहरुको आर्थिक स्थिति सामान्य हुने गर्छ। नङ टेढोमेढो र रेखा युक्त छ भने आर्थिक दृष्टिबाट प्रातिकुल स्थिति दर्शाउने गर्छ।

जसको नङ रेखा, धब्बा रहित र राम्रो छ भने उनीहरु धनवान् हुने गर्छ। यदी कसैको नङ बीच भागबाट उठेको छ भने उनीहरु जीवनमा संघर्ष गर्नेको संकेत मानिन्छ।

पुरुषहरुको नङ गोलो आकारको छ भने आर्थिक समृद्धिको सुचक मानिन्छ र यस्तो व्यक्ति दिन प्रति दिन नै उन्नति तर्फ अग्रसर हुन्छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्