News

थप एक जनामा कोरोना संक्रमणको पृष्टि, संक्रमितकाे संख्या ६० पुग्याे

आइतबार नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।

उनको शुक्रबार स्वाब संकलन गरिएको थियो ।शंका लागेपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको छ।

नेपालमा अहिलेसम्म १३ हजार ९८ जनामा पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । संक्रमित भेटिएका ६० जनामध्ये १६ जना निको भएर घर फर्केका छन् भने बाँकी देशका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने केहीवेरमा संक्रमितको पुष्टि गर्ने बताइएको छ ।

Related Articles

Back to top button
Close