News

वीरगन्जमा थपिए एक कोरोना संक्रमित

आइतबार वीरगन्जमा एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।

वीरगन्ज-३ छपकैया ती पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

आज नयाँ संक्रमित थपिएसँगै नेपालमा ६० जनामा कोरोनाभाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्।

निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।

Related Articles

Back to top button
Close