Friday, January 15

नोराले ४ वर्षे तैमूरसँग बिहे गर्न चाहन्छु भनेपछि करिनाले दिइन् यस्तो प्रतिक्रिया

January 12, 2021 67

बलिउड कलाकार नोरा फतेहीले अभिनेत्री करिना कपुर र सैफ अली खानका चार वर्षे छोरा तैमूरसँग विवाह गर्न मन भएको बताएपछि यो बिषयले निकै चर्चा पाएको छ । नोराले करिना कपुरको रेडियो कार्यक्रम ‘ह्वाट विमेन वान्ट’ मा करिना र सैफका छोरा तैमूर अली खानसँग विवाह गर्ने इच्छा व्यक्त गरेकी हुन् ।हिन्दुस्तान टाइम्समा प्रकाशित खबर अनुसार कार्यक्रममा करिनाले नोरालाई ‘तपाईलाई कोसँग विवाह गर्न मन छ?’ भन्ने प्रश्न गर्दा नोराले भनिन्, ‘तैमूरसँग। तैमूर छिट्टै ठूलो होस् भन्ने छ। त्यसपछि हाम्रो इन्गेजमेन्टबारे सोच्न सक्छौं।’नोराको यस्तो जवाफपछि करिना एकछिन अ्वाक बनिन्। अनि हाँस्दै भनिन्, ‘हुन त हो, तर तैमूर भर्खर ४ वर्षका छन्। मलाई लाग्छ धेरै लामो समय बाँकी छ।’करिनाको शब्द भुइँमा खस्न नपाउँदै नोराले हाँस्दै जवाफ फर्काइन्, ‘केही छैन। म कुर्छु नि!,’

तैमूर अलि खानका सानै उमेरमा निकै फ्यान फलोअर्स कमाएका छन्। ‘फोटोजेनिक’ तैमूरलाई धेरैले प्यारो बच्चा मान्छन्। उनी पनि फोटोग्राफरहरूसँग उत्तिकै रमाउँछन्। आफूलाई फोटो खिचाउन मन नभएको बेला ‘नो फोटोज’ भन्दै आफ्नो फोटो नखिच्न आग्रह गर्छन्।तैमूर करिनाको पहिलो सन्तान हुन्। अहिले उनी अर्को बच्चाकी आमा बन्न लागेकी छिन्। यही फेब्रुअरीमा उनले नयाँ बच्चालाई जन्म दिने बताइएको छ।उनले संचालन गर्ने रेडियो कार्यक्रम ‘ह्वाट विमेन वान्ट’ मा पछिल्लो पटक अभिनेत्री नोरा फतेहीलाई अतिथिका रूपमा बोलाइएको हो।

‘दिलवर’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘एक तो कम जिन्दगानी’ जस्ता गीतमा गरेको कुशल नृत्यबाट नोराले धेरै दर्शक लठ्याएकी छिन्। उनको विशेषता नै आकर्षक नाच हो।पछिल्लो पटक ठूलो पर्दामा नोराको प्रस्तुति रेमो डिसुजाको ‘स्ट्रिट डान्सर थ्री डी’मा देखिएको थियो, जुन जनवरीमा सार्वजनिक भएको थियो। हालै सार्वजनिक गुरु रन्धवाको ‘नाच मेरी रानी’को म्युजिक भिडिओमा पनि नोराको प्रस्तुति छ। भिडिओमा ३ सय मिलियन भ्युज नाघिसकेको छ।मोरक्कन परिवारकी नोरा क्यानडामा जन्मेकी हुन्। क्यानडाकी नागरिक नोराले बलिउडसँगै भारतका क्षेत्रीय फिल्महरूमा समेत काम गरिसकेकी छन्।

प्रतिकृया दिनुहोस्