News

घास काट्न गएकी महिलाको भिरबाट लडेर मृ’ त्यु

२१ वैशाख, ओखलढुंगा । ओखलढुंगामा भिरबाट ल’डेर एक महिलाको मृ’त्यु भएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस का’ट्न जाँदा भिरबाट लडेर मृ’त्यु भएको हो ।

आइतबार बिहान भिरबाट ल’डेकी तामाङलाई उ’द्धार गरेर स्थानीय पेशला पोलिक्लिनिकमा ल्याइएको र त्यहाँ उपचारका क्रममा मृ’त्यु भएको स्थानीय युवा शिवकुमार कार्कीले जानकारी दिए ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । मृ’तकको श’व रुम्जाटार अस्पतालबाट श’व परीक्षणपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।(फोटो : फाइल)

नेपालगञ्जमा एकै दिन ९ जनामा कोरोना सं’क्रम’ण पुष्टि, पर्सामा १ जना

काठमाडौं, २१ वैशाख । बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) सं क्रम णको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा सं क्रम ण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।

यसअघि नेपालगञ्जमा एक जनामा सं क्रम ण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना सं क्रम ण पुष्टि भएको बताए। त्यस्तै प्रवक्ता देवकोटाले पर्साका ३६ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए।

करिब २०० लाई राहत वितरण

काठमाडौं । काठमाडौँ महानगरपालिका– १४ कालीमाटीस्थित ज्ञानतीर्थ संरक्षण समाजले करिब २०० लाई राहत वितरण गरेको छ । कोभिड–१९ को स ङ्क्रम ण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका तथा विपन्न वर्गलाई समाजले चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री प्रदान गरेको हो । समाजले वडा नं १४ मा स्थायी तथा अस्थायी बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएका मानिसलाई सहयोग गरेको छ । विशेषगरी कुलेश्वर, लिकमार्ग शुन्यपाखालगायत स्थानमा मानवीयताका आधारमा राहतस्वरुप सहयोग उपलब्ध गराइएको छ ।

समाजका अध्यक्ष विनोद डङ्गोलले स्थानीय तहले वितरण गरेको राहतमा प्रत्यक्ष पहुँच नभएका वर्गका साथै वृद्धवृद्धा, सु त्केरी, शारीरिक अ शक्त ता भएका मानिसलाई प्राथमिकतामा राखेर विभिन्न खाद्य सामग्री बाँडिएको जानकारी दिए । अनुसार आगामी दिनमा सार्वजनिकस्थलमा खानासमेत खुवाउने प्रबन्धका लागि विभिन्न सङ्घ संस्थासँग समन्वय भइरहेको छ ।

स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय तहसँग सहकार्य गर्दै आएको उक्त समाजले ट्राफिक व्यवस्थापन, ला गु औ षध वि रु द्ध जनचेतना, समुदाय प्रहरी साझेदारीअन्तर्गत जनचेतनामूलक कार्य, र क्त दानलगायत सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Related Articles

Back to top button
Close