Friday, January 15

सुत्केरी हुने समय नजिकिएसँगै हिँडडुल गर्न थालिन् करिना, ठूलो बेबी बम्पु देखेर धेरैले भने ‘जुम्ल्याहा वच्चा छन् र ?

January 12, 2021 57

काठमाडौं । कारोना महामारीमा पनि सुटिगंमा ब्यस्त रहेकी नायिका करिना कपुर महामारीकै समयमा दोस्रो पटक आमा बन्ने तरखरमा छिन् । कोरोनाले गर्दा खासै बाहिर नहिँडेकी करिना पछिल्ला दिनमा भने फाट्ट फुट्ट रुपमा निस्किन थालेकी छिन् । हालै उनलाई घर बाहिर हिँडिरहेको अवस्थामा भेटियो ।गर्भावस्थाको अन्तिम समयमा भएकोले पनि होला तस्विरमा करिनाको पेट ठूलै देखिएको छ । करिनाको पेटको आकार हेरेर धेरैले उनलाई उनको पेटभित्र जुम्ल्याहा छन् कि भनेर धेरैले प्रश्न गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियामा एक पछि अर्के गर्दै करिनाका गर्भवती अवस्थाका तस्विरहरु बाहिरिएसँगै उनका फ्यान र आफन्तले समेत करिनाको पेटमा जुम्ल्याहा वच्चाा हुर्किरहेको आँकलन गर्दै सो प्रश्न तेर्स्याएका हुन् । सुत्केरी हुने दिन नजिकिएसँगै करिना अहिले हिँडडुल पनि गरेर शरीरलाई थप स्फुर्त बनाउन लागिरहेकी छिन् ।करिना र सैफले आफ्नो सन्तानलाई घर भित्र्याउनका लागि तयारी पनि सुरु गरिसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्