News

लकडाउन लम्बाउने तयारी, थप कडाई गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई थप कडाई गर्न निर्देशन दिएका छन् । आइतबारको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

कोरोना संक्रमणको जोखिम कायमै भएकाले लकडाउन र सीमामा कडाई गर्न उनले निर्देशन दिएका हुन् । २५ गतेपछि लकडाउन खुुकलो बनाउने बारे समाचार आइरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । परीक्षण नै थोरै भएकाले लकडाउन बढाएरै नियन्त्रणतर्फ सरकार लागेको हो

सरकारले २५ बैशाखपछि पनि लकडाउन लम्बाउने तयारी गरेको छ । यद्यपी केही आर्थिक क्षेत्र खुलाउन सकिनेबारे छलफल भइरहेको एक मन्त्रीले जानकारी दिए ।२५ बैशाखपछिको लकडाउनको रणनीतिबारे छलफल गर्न मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । बैठकमा मुख्यसचिव लाकदर्शन रेग्मी नेतृत्वको कार्यदलले मोडालिटीबारे प्रतिवेदन पेश गर्ने छ ।

Related Articles

Back to top button
Close