Tuesday, January 19

भारतीय न्यूज च्यानल `जी न्यूज`लाई ….जी भन्दै रवि लामिछानेले दिए दनक !

January 13, 2021 46

काठमाण्डौ । सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै भिडियो सामाग्री प्रशारण गर्ने भारतीय न्यूज च्यानल जी न्युजलाई नेपाली चर्चित पत्रकार रवि लामिछानेले गतिलो जवाफ दिएका छन् ।

जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको थियो । जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।

’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नु पर्ने समेत बताएका छन् । विभिन्न सञ्चारमाध्यममा यो खबर प्रमुख खबर बनेको छ । यसैसन्दर्भमा रहेर नेपाली चर्चित पत्रकार रवि लामिछानेले टिप्पणी गरेका छन् । सिधा कुरा जनतासगं सञ्चालक रवि लामिछानेले जी न्यूजलाई….जी च्यानल भनेका छन् ।

रविले लेखेका छन् …. बा`निङिदै थिए । लाज छोप्ने कपडाको टालो लिएर जी न्यूज वाला आयो । ४० मिनेट जति टालो ले लाज छोपे, उसले ल्याएको सुनपानी पनि छर्किए । तर ..जी न्यूजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथा फेदमा गएर भन्यो यी टालो यहाँ छ । बा फेरी नागैं ।

प्रतिकृया दिनुहोस्