Monday, January 25

७ कक्षामा पढ्दा भेट भएकी प्रेमिकासँग नै विबाह गर्दै बरुण धवन

January 13, 2021 62

एजेन्सी । मे तेरा हिरो, बदलापुर, दिलवाले,जुडुवा २, सुई धागा लगायत चर्चित फिल्मका अभिनेता बरुण धवनले विबाह गर्ने भएका छन् । वरुणले आफ्नी प्रेमिकासँग नै लगनगाँठो कस्न लागेका हुन् ।

भारतीय मिडियाका अनुसार वरुण र नताशाको बिहे अलीबागको एक पाँचतारे होटलबाट गर्ने तयारी भइरुहेको छ । अहिले सम्म विबाहको मिति भने तय भइनसकेको भएता पनि विवाहमा झन्डै २ सय मानिसको उपस्थिती गराउने गरी तयारी गरिएको छ ।

अभिनेता वरुण र फेशन डिजाइनर नताशाबीच लामो समयदेखि प्रेमी चलिरहेको बताइन्छ । विवाहको तयारी पनि सुरु भइसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । वरुणले नताशालाई भेट्दा उनले ७ कक्षामा पढ्दै गरेको र सोही समयबाट नै उनलाई मन पराएको र आज उनीसँगै विबाह गर्न लागेको बरुणले एक अन्तरावार्तामा उल्लेख गरेका छन् ।

यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाले पनि विवाहको प्राय चर्चा भइरहने समयकाबिच विबाहको निर्णयमा पुगेसँगै बरुणका फ्यानहरु खुशी छन् । चर्चित फिल्म निर्देशक डेभिड धवनका छोरा वरुणले सन् २०१० मा शाहरुख खान अभिनित ‘माई नेम इज खान’ मा निर्देशक करण जौहरको सहायक भएर काम गरेपछि उनले अभिनेताका रुपमा लगातार काम पाइरहेका छन् ।

पर्वत समाचारः पैयूँमा फोहर फाल्न शुरु

दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न थालेको छ । बढ्दो शहरीकरणसँगै गाउँपालिकाको केन्द्र हुवास र अन्य बजार क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको रुपमा रहेको थियो । गाउँपालिकाले जग्गाको अभावमा अहिलेसम्म फोहर व्यवस्थापन गर्न सकेको थिएन ।

हालै गाउँपालिकाले हातेमालो चोकबाट दुई किलोमिटर टाढा वडा नं १ टकलाकको घ्याङ्सिङमा ल्याण्डफिल साइट बनाएर फोहर व्यवस्थापन गर्न थालेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जग्गा व्यवस्थापन गरी फोहर फाल्न शुरु भए पनि अझै व्यवस्थित गर्ने काम बाँकी रहेको बताउनुभयो ।

कुहिने र नकुहिने फोहर अलगअलग सङ्कलन गर्ने र फोहर प्रशोधन गर्ने योजना बनाइएको पौडेलले बताउनुभयो । फोहर थुपार्ने मात्रै नभई प्रशोधन केन्द्रसमेत बनाउने गाउँपालिकाको योजना रहेको र त्यसका लागि रु पाँच करोड खर्च लाग्ने अनुमानका साथ पूर्वाधार निर्माणको पहल भएको पौडेलले बताउनुभयो । गाउँपालिकाले फोहर फाल्न ६२ आना जग्गा खरीद गरेको हो ।

गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बजार क्षेत्रमा चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापन कार्य अब सहज भएको बताउनुभयो । फोहरका कारण बजार क्षेत्र दुर्गन्धित हुने समस्या हट्ने तिवारीले बताउनुभयो ।

स्थानीयवासीले घर र घरबाहिरको फोहर डस्टबिनमा जम्मा गरेर खोलाखोल्सीमा फाल्ने, जलाउने गरेका थिए । गाउँपालिका स्थापना हुँदादेखि नै फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट बनाउने योजना भए पनि अहिले बल्ल जग्गा पाएपछि योजना पूरा भएको तिवारीले बताउनुभयो ।

जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिकाले मात्रै व्यवस्थित तरिकाले फोहर व्यवस्थापन गर्दै आएको छ । मोदी गाउँपालिकाको फोहर अहिले पनि मोदीखोला र सडक छेउमा विसर्जन गर्दै आएको छ । फलेवास नगरपालिका, बिहादी र महाशीला गाउँपालिकामा पनि फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अभाव छ भने जलजला गाउँपालिकाले पनि यसै वर्षदेखि फोहरको व्यवस्थापन कार्यलाई स्थानीय सङ्घसंस्थालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

दुई गाउँमा हात्तीपाइले परीक्षण हुँदै

हात्तीपाइले रोगको वर्तमान अवस्था पत्ता लगाउन दुई गाउँमा परीक्षण गरिने भएको छ । कुश्मा नगरपालिका–१ पाङ र फलेवास नगरपालिका–५ खानीगाउँमा समुदायमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन परीक्षण गरिने भएको हो ।

कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडाले पाङ र खानीगाउँमा हात्तीपाइले रोगको सङ्क्रमण रहेको तीन पटक गरिएको परीक्षणबाट पत्ता लागेको थियो । दुई स्थानमा हात्तीपाइले रोगका बिरामी रहेकाले जिल्लाभर ११औँ चरणसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको छ ।

अहिलेको अवस्था पत्ता लगाउने उद्देश्यले दुई गाउँमा ६०० जनाको रगत परीक्षण गर्न थालिएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडाले स्थानीय तह र स्वास्थ्य कार्यालय पर्वतको समन्वयमा समुदायमा परीक्षण गर्न थालेको जनाएको छ ।

केन्द्रका प्राविधिक सरोज अधिकारीले पर्वत जिल्लामा हात्तीपाइले रोग निवारण गर्ने हेतुले समुदायमा परीक्षण गर्ने र १२औँ चरणमा औषधि पनि खुवाउने कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले देशभरि हात्तीपाइले रोग निवारणका लागि गर्दै आएका कार्य र पर्वतको अवस्थाका बारेमा जानकारी दिनुभयो ।

उहाँले पाङमा ३०० जना र खानीगाउँमा ३०० जनाको रगत परीक्षण गरेपछि जिल्लामा अर्को चरणमा औषधि खुवाउनुपर्छ वा पर्दैन भन्ने यकिन हुने बताउनुभयो । यसअघि पर्वतमा तीन पटकसम्म समुदायमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन परीक्षण गरिएको थियो ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले पर्वत जिल्ला मानव विकास सूचाकाङ्कमा ११औँ स्थानमा रहे पनि हात्तीपाइले रोगबाट मुक्त हुन नसक्नु आफैँमा दुखद् पक्ष रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पङ्गेनीले समुदायमा व्यापकरुपमा परीक्षण गर्ने अभियान पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख डा भोजराज गौतम, पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटा, कुश्मा नगरपालिका–११ का वडाध्यक्ष शिवप्रसाद पौडेल हात्तीपाइलेको निवारणका लागि सबै क्षेत्रमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्