News

देशभर मौसम बदली, यो साताभर नै मौसम यस्तै रहने मौसमविद्को भनाइ

काठमाडौं, २२ बैशाख । आज देशका धेरै ठाउँको मौसम बदली भइरहेको छ । आज धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी पर्न लागेको हो ।

यसपटक बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले लगातार जसो पानी परिरहेको छ । गएका केहि वर्ष यसरी लगातार जसो पानी नपरे पनि यसपालि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पानी परिरहेको हो ।

महाशाखाले यो हप्ताभरिकै मौसम यस्तै रहने सम्भावना रहेको जानकारी दिएको छ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको बताइएको छ ।

आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

Related Articles

Back to top button
Close