News

आजदेखि देशभर लकडाउन ब्यापक कडा – अब पास भएका सबारी पनि चलाउन नपाइने

काठमाडौं- नेपालगन्जमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि देशभरको लकडाउन कडा पारिएको छ । क्षेत्र छुट्याएर जोखिम कम भएका स्थानमा लकडाउन खुकुलो पार्ने तयारी भैरहेका बेला चुनौती थपिएपछि झन् कडा पार्ने तयारी गरिएको हो ।

नेपालगञ्ज र पर्सामा आइतबार मात्र १६ जना संक्रमित भेटिएपछि थप जोखिम नबढोस् भनेर लकडाउन कडाइ गरिएको हो ।

लकडाउन केही खुकुलो हुने अनुमान गरिए पनि नेपालगन्जमा १५ जनामा संक्रमण देखिएपछि चुनौती बढेको भन्दै थप कडाइ गरिएको प्रहरीले जनाएको छ ।

तराई क्षेत्रबाट रातारात हुलका हुल मान्छे काठमाडौं आएको भन्दै काठमाडौंको लकडाउन पनि थप कडा पारिएको छ । सीमाबाट हुनसक्ने घुसपैठमा कडाइ गर्ने । एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा कडाइ गर्ने प्रहरीले तयारी गरेको छ ।

यस्तै काठमाडौं उपत्यकामा पनि लकडाउनमा कडाइ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए । उनले काठमाडौं भित्रिने नाकामा समेत उच्च निगरानी राखिएको जानकारी दिए ।

डीआईजी पोखरेलले भने, “तुलनात्मक हिसाबले काठमाडौं सुरक्षित देखिएको छ । अब यहाँ भित्रिने नाका बिरामी र अत्यावश्यक कुराको यकिन गरेर मात्रै प्रवेश गर्न दिन्छौं । पासको सही सदुपयोग भएको छ कि छैन पनि यकिन गर्छौं ।”

पोखरेलका अनुसार अब पास लिएका पनि धेरैजसो सवारीसाधन चलाउन नदिने तयारी भैरहेको छ । पहुँचका आधारमा धेरैले पास लिएर दुरुपयोग गरेको समेत भेटिएको छ ।

Related Articles

Back to top button
Close