Monday, January 25

४ ओटा गाडी थियो श्रीमती ड्राइभरसंग गइन्, छोरा फिल्म निर्माता हुन् तर ‘मेरो बुवा होइन’ भन्दै बुढेसकालमा बृद्धाश्रममा राखिदिए, अन्तरवार्ता लिनेले पनि थाम्न सकिनन् आँशु (भिडियो हेर्नुस्)

January 14, 2021 52

काठमाण्डौ । किशोर लामा । उमेरले ७० वर्ष । घर हेटौंडा सुबाटार । काठमाडौको नारायाण थानमा ३२ वर्षदेखि गाडी चलाईरहेको । उक्त ठाउँमा गाडी चलाउने ड्राईभर नै उनी पहिलो ।

उनका एक छोरी र दुई छोरा गरी तीन सन्तान । छोरी उतै हेटौंडामा नै दुई छोरा भने संगै तर आफुसंग छैन रहेछन् । यतिबेला किशोर बृद्धा आश्रममा छन् । सोही ठाउँबाटै उनले आफ्ना कुरा निकै नै घत लाग्दो गरी सुनाएका छन् ।

उनका कुरा सुनेर नरुने कोही भएन । आफुले गाडी चलाएर, आफैले खाना पकाएर समयमा छोराछोरीलाई स्कूल पठाएर हुर्काएका छोराछोरीले नै आज किशोरलाई दुईछाक खान पकाएर खुवाउन सकेनन् । अन्ततः किशोर अहिले बृद्धाश्रममा बस्नु परेको छ ।

आफ्ना ती दिन सम्झिएर किशोर निकै नै भक्कानिए । उनले आफुलाई सम्हाल्नै सकेनन् । उनले छोराछोरी सबैलाई सम्झिए निकै रोए । काठमाण्डौमा घर बनाएका छोराले सर्ट फिल्म बनाउने कुराले त झन सबैलाई चकित नै बनायो ।

तिनै छोरा ६ वर्ष कोरिया बसेर नेपाल फर्किएपछि घरबार जोडेछन् । तर उनको त्यही घरमा सानैबाट हुर्काएका बुवा किशोरकोलागी भने एउटा सानो कोठासम्म बनेनछ । उनको त्यो तलैतला भएको घरमा किशोर अट्ने तला बनेनछ ।

किशोर भक्कानिदै भन्छन्,‘छोरालाई पढाएँ लेखाएँ र पो त्यो ठाउँमा पुग्यो । आज उ लायकको भएको छ । मैले गाडी चलाएरै भएपनि नपढाएको भए सायद ऊ यो स्तरमा पुग्ने थिएन होला । उस्को यसैगरी जयहोस् ।’

प्रतिकृया दिनुहोस्