Saturday, January 23

स्कारपियो र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार सन्तोष र ६ वर्षीय सुनिलको मृ,त्यु

December 29, 2020 158

काठमाडौ । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्व–पश्चिम राजमार्गमा सडक दु’र्घट’ना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकापसमा ठ’क्क’र खाँदा मोटरसाइकलमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय सन्तोष लिम्बु र सोही स्थानका २६ वर्षीय सुनिल धमलाको मृ’त्यु भएको छ ।

दु’र्घटना’मा घाइते भएका दुईमध्ये लिम्बुको उपचारको लागि मङ्गलबारे अस्पताल र धमलाको विराटनगरस्थित न्यूरो अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कारपियो तथा त्यसका चालक झापाको दमक नगरपालिका–२ बस्ने वर्ष ३७ को लक्ष्मीकुमार धिमाललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्