Intresting

राजा ज्ञानेन्द्रकी नातीनी पूर्णीका शाहको छोटो कथाः ‘खुसी केलाई मान्ने?’

एक महिलाले बजारबाट नयाँ भाँडाकुँडाहरू किनेर ल्याइन् । उनले आफ्नो भान्छा कोठाको सबै पुरानो भाँडाकुँडाहरूलाई निकालेर कुनामा थुपारिन् र त्यसको ठाउँमा नयाँ भाँडाकुँडाहरूलाई सजाइन । महिला आफ्नो भान्छा कोठालाई हेरेर मुसुक्क मुस्काइन किनकि उनलाई आज आफ्नो भान्छा कोठा एकदमै बिशेष लाग्यो !

अर्को दिन बिहान कामवाली आइन् ! कामवालीको आँखा कुनामा थुपारिएका भाँडाकुँडाहरू माथि पर्‍यो !
उनले भनीन्ः मेडम, आज यी सबै भाँडाकुँडाहरू माझ्नु पर्ने हो?

महिलाले भनिन्ः होइन यी त सबै मलाई नचाहिने पुराना भाँडाकुँडाहरू हुन् ! पुरानो सामानवालालाई दिनको लागि त्यहाँ थुपारेको हो !

कामवालीले फ़ेरि भनिन्ः मेडम, यदि तपाइलाई नराम्रो लाग्दैन भने यी मध्ये केही मैले लग्न सक्छु ?

महिलाले भनिन्ः केही मात्र किन? तिमीलाई इच्छा भए सबै लग्न पनि सक्छौ !

खुसीले कामवालीका आँखै ठूला–ठूला भए ! कामधन्दा सकेर कामवालीले सबै सामान पछ्यौरीमा बाँधेर लगिन् ! घरमा पुगेर उनले आफ्ना पुराना भाडाँकुडाँहरूलाई घरबाहिर थुपारिन् र आफ्नो भान्छामा भर्खर ल्याएका भाँडाकुँडाहरू सजाइन र मुस्कुराईन ! आज कामवालीलाई उनको कोठाको एउटा कुनामा रहेको भान्छा एकदमै बिशेष लाग्यो !

त्यसैबेला ढोकामा एक जना बुढो भिखारी आयो ! भिखारीले कामवालीसंग पिउने पानी माग्यो । कामवालीले पुरानो अंखोरामा भिखारीलाई पानी पिउन दिइन् ! पानी पिएर भिखारीले अंखोरा कामवालीलाई फिर्ता लिन भन्यो । तब कामवालीले भनिन्ः त्यतै बाहिर फालिदेऊ !

भिखारीले भन्योः के तपाईलाई अंखरा चाहिदैन ? नचाहिने भए म लान सक्छु ?

कामवालीले भनिन्ः लग्नु, लग्नु ! अंखोरा मात्र होइन इच्छा भए बाहिरका सबै भाँडाकुँडाहरू समेत लग्न सक्छौ !

भिखारी एकदमै खुसी भयो ! उसले सबै सामानहरू मिलाएर आफ्नो धोक्रोमा राख्यो ! अब उसको धोक्रोमा पानीको लागि छुट्टै, तेलको लागि छुट्टै, चामलको लागि छुट्टै, दालको लागि छुट्टै, साग सब्जीको लागि छुट्टै, साना–ठूला भाडाँकुडाँहरू भए ! यो देखेर भिखारीको मुहारमा एकदमै गहिरो मुस्कान छायो ! आज उसलाई उसको ठाउँ–ठाउँमा टालेको यो पुरानो धोक्रो नै एक दमै विशेष दिन लाग्यो !

खुसी केलाई मान्ने ? यदि खुसी कुनै फ़रक–फ़रक परिस्थितिमा आधारित हुन्छ भने !!
जय जननी ?? जय नेपाल
Source ktmdainik

Related Articles

Back to top button
Close