News

नेपालगञ्जको त्रिभुवन चोक तना वग्र स्तः प्रहरीमाथि ढुङ्गामुढा, गाडिमा तोड फोड

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयबासीहरुले ढुङ्गा मुढा गरेका छन् । केहीबेर अघि त्रिवेणी मोडमा लकडाउन उल्लघंन गर्ने समुहले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै वडा प्रहरी कार्यालय नेपालगञ्जको मोबाइल गाडिमा समेत तोड फोड गरिदिएका छन् ।अहिले त्रिवेणी मोड तना व ग्रस्त बनेको छ यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

यो समाचार पनि पढ्नुहोस्
नेपालगञ्‍ज। २१ वैशाख एकैदिन १५ जना संक्रमित भेटपछि जोखिमप्रति सतर्कता अपनाउँदै बाँकेको नेपालगञ्‍जमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ।
हिजो बसेको जिल्ला सुरक्षा समिति र सरोकारवालाको बैठकपछि स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले निषेधाज्ञा जारी गरेका हुन्।

निषेधाज्ञा बिहान ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म हुनेगरी लगातार तीन दिनका लागि जारी गरिएको हो। रानीतलाउमा रहेको सब्जीमण्डी र बीपीचोकस्थित् नेपालगञ्‍ज मेडिकल कजेलसँगैको सब्जी मण्डी बन्द गर्ने निर्णय गरिएको छ।

निषेधाज्ञासँगै सम्भावित संक्रमितहरूको कोभिड-१९ परीक्षणको दायरा बढाउने नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले बताइन्। उनले नगरवासीलाई निषेधाज्ञा पालनाका लागि लिखित अपील गरिसकेको बताएकी छन्। नेपालगञ्‍जमा जम्मा १६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।

Related Articles

Back to top button
Close