News

वैज्ञानिकहरुले फेला पारे कोरोनाभाइरसलाई शरीरमा फैलिनबाट रोक्ने एन्टिबडी

काठमाडौं। कोरोनाभाइरस महामारी रोक्ने अभियानमा निरन्तर सक्रिय वैज्ञानिकहरुको टोलीले यस्तो एन्टिबडी फेला पारेका छन् जसले कोभिड–१९ लाई मानिसको शरीरमा फैलिनबाट रोक्नेछ । यो खोजीसँगै वैज्ञानिकहरुले छिटै कोभिड–१९ को उपचारको लागि प्रभावकारी भ्याक्सिन बनाउन सकिने अपेक्षा गरेका छन् । यो एन्टिबडीले कोरोनाभाइरससँग टाँसिएर उसको बाहिरी काँडेदार पत्र तोडेर उसलाई निष्क्रिय गरिदिनेछ । यो एन्टिबडीको नाम ४७डी११ राखिएको छ ।

यो एन्टिबडीको खोजीसँगै वैज्ञानिकहरुमा आशा जागेको छ कि अब उनीहरु कोरोनाभाइरसलाई शरीरमै निष्क्रिय पार्न सक्नेछन् ताकि कोरोनाभाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नफैलियोस् । डेलीमेलको रिपोर्ट अनुसार मुसामा यो एन्टिबडीको परीक्षण सफल भएको छ । युरोपका वैज्ञानिकहरुले मुसामा पाइने ५१ सेल लाइन्स कोशिकाहरुमा यो एन्टिबडी खोजेका हुन् । त्यसपछि यसलाई मानिसको लायक बनाउनको लागि जेनेटिकली इन्जिनियर गरिएको छ । त्यसपछि उनीहरुले यो एन्टिबडीको परीक्षण २००३ मा फैलिएको सार्स कोरोनाभाइरसमाथि गरे । यो एन्टिबडीले २००३ को सार्स कोरोनाभाइरसलाई निष्क्रिय गरिदियो ।

यससँगै वैज्ञानिकहरुले कोभिड १९ पनि सार्स कोरोनाभाइरस परिवारको सदस्य भाइरस भएकोले यो एन्टिबडी त्यसलाई पनि कमजोर पार्न र समाप्त गर्न सफल हुने दावी गरेका छन् । वैज्ञानिकको यो टिमको नेतृत्व युट्रेच युनिभर्सिटीका प्रोफेसर बेरेंड जेन बोशले गरिरहेका छन् । प्रोफेसन बोशका अनुसार यो एन्टिबडीमा यस्तो क्षमता छ जसले कोभिड–१९ लाई समाप्त पार्न सक्छ किनकि यो एन्टिबडीले भाइरसको त्यो लेयरमा आक्रमण गर्छ जसको प्रयोग भाइरसले कोशिकामा टाँसिनको लागि गर्छ ।

प्रोफेसर बोशका अनुसार यस्तो एन्टिबडीको कारण यदि मानव शरीरमा भाइरस फैलिन रोकिएन भने पनि राम्रो कुरा यो हो कि एन्टिबडीका कारण कोरोनाभाइरसलाई मानव शरीरमा फैलिन निकै धेरै समय लाग्नेछ । अर्थात कोभिड–१९ भाइरस शरीरमै कमजोर हुनेछ ।

वैज्ञानिकहरुले प्रयोगशालामा मुसालाई कोरोनाभाइरसबाट संक्रमित गराए । वैज्ञानिकहरुले देखे कि भाइरसले जब मुसाको शरीरमा प्रवेश गर्यो, मुसाको शरीरभित्र ५१ किसिमका एन्टिबडी निस्किन सुरु भयो । यिनै ५१ किसिमका एन्टिबडीमध्ये ४७डी११ एन्टिबडी पनि थियो जसले कोरोनाभाइरसको बाहिरी पत्रलाई नष्ट गरिरहेको थियो । यहीँ वैज्ञानिकले यो एन्टिबडीको पहिचान गरेका हुन् ।

कोरोनाभाइरसको आकार गोलो हुन्छ । उसको चारैतिर एस–२ नामक प्रोटिनको काँडेदार पत्र हुन्छ । यो काँडेदार पत्र नै मानव शरीरका कोशिकाहरुमा टाँसिन्छ । त्यसपछि भाइरसले मानव शरीरका कोशिकाहरुको बाहिरी पत्रलाई गलाएर कोशिकाभित्र आफ्नो जीन छोडिदिन्छ । कोशिकामा जीन छोडेपछि भाइरस कोशिकाहरुलाई खाएर आफ्नो संख्या बढाउन सुरु गर्छ ।

त्यसैले वैज्ञानिकहरुले यस्तो एन्टिबडीको खोजी गरेका हुन् जसले कोरोनाभाइरसको बाहिरी काँडेदार लेयरसँग टाँसिएर त्यसलाई नष्ट गरिदिन्छ । अर्थात कोरोनाभाइरसका ती दाँत भाँचिनेछन् जसको प्रयोग गरेर उसले आक्रमण गर्छ ।

रिडिङ युनिभर्सिटीको सेल्युलर माइक्रोबायोलोजीकी प्रोफेसर डा. सिमोन क्लार्कले भनिन् ‘जब कोरोनाभाइरसलाई मानव शरीरमा प्रवेश गर्नबाट रोकिनेछ त्यसपछि उसका अगाडिका सबै काम रोकिनेछन् । अर्थात उसले मानव बरीरमा केही गर्न सक्ने छैन ।’ प्रोफेर सिमोनका अनुसार एन्टिबडीले भाइरसमाथि आक्रमण गरेर उसँग टाँसिनेछ ।

यसबाट या त भाइरस मर्नेछ या त उसले मानव शरीरका कोशिकामा त्यसरी आक्रमण गर्न सक्ने छैन जसरी उसले गर्नुपर्ने थियो । यद्यपि अहिलेसम्म यो एन्टिबडीको क्लिनिकल ट्रायल हुन बाँकी नै छ । त्यसपछि मात्र केही भन्नु ठिक हुने प्रो. सिमनले बताइन् । यद्यपि अहिलेसम्मका परक्षिण सफल रहेको र नतिजा सकारात्मक रहेको उनले बताइन् ।

Related Articles

Back to top button
Close