Monday, January 18

तिब्र गतिमा हुँइकिदै आएको मोटरसाइकल दुर्घटना, २२ वर्षीय मनराजको ज्या’न गयो

January 14, 2021 60

काठमाडौ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दु’र्घटना’ हुँदा एक जनाको मृ’त्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र।३–०२–०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३ प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठो’कि’एर भएको दु’र्घट’नामा उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भई हाल मध्यपुरथिमि –१ लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घ’टनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँकी २४ वर्षीया मनिकला राईको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

अर्का घाइते वा ५३प ९८६४ नम्बरका मोटरसाइकल चालक रौतहट गौर नगरपालिका– ८ घर भई हाल ललितपुर मङ्गलबजार बस्ने ४१ वर्षीय युवराज विक सामान्य उपचारपछि आजै घर फर्किएको प्रहरीको भनाइ छ । दु’र्घट’ना भएका सवारी साधनसहित महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको गिरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्