Sunday, January 24

बेलायतबाट नेपाल फर्किएका पाँच जनामा नयाँ भाइरस

December 29, 2020 82

१३ पुष २०७७, सोमबार काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्र’जाति (भे’रियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई नि’गरानीमा राखेको छ । तीमध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।इ’पिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नि’गरानीमा राखिएकालाई ज्वरो र रु’घा लागेको ल’क्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए । महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ ।

मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्य रुपमा १० दिन होटल क्वा’रेन्टिनमा बस्न अनुरोध गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्र’जातिको भाइरस रहेको बताए । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो” उनले भने, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”

उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पीसीआर परीक्षण र क्वा’रेन्टिनमा राखिएको जानकारी दिए ।महाशाखाका निर्देशक डा पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्र’जातिको भाइरस पत्ता लगाउन स’मस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए ।शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्र’जातिको भाइरसका बि’रामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर ब’ढिरहेको जानकारी दिए

प्रतिकृया दिनुहोस्