News

कोरोनाले साउदीमा कटुवालको निधन : भेन्टिलेटरबाटै गरेका थिए अन्तिम भिडियो कल

काठमाडौँ – कोरोना भाइरसका कारण साउदी एक नेपालीको निधन भएको छ । निधन हुनेमा लिलामान कटुवाल रहेका छन्। उनको साउदीमा कोरोनाका कारण निधन भएको हो । इटहरी(५ का लिलामान कटुवाललाई दुई हप्ता अगाडी कोरोना संक्रमण थियो ।

साउदीमा रहँदा कोरोना संक्रमण भएपछि उनले परिवारलाई सो बारे जानकारी दिएका थिए। १६ दिनअघि संक्रमित भएको थाहा दिएका उनले ७ दिनअघि अन्तिम पटक भेन्टिलेटरबाट भिडियो कल गरेका थिए। त्यो भिडियोपछि परिवारसँगको सम्पर्क टुटेको परिवारले जानकारी दिएको छ। पछि निकै सोधखोज गरेपछि मात्र चार दिनअघि नै उनको मृत्यु भइसकेको जानकारी परिवारले सोमबार पाएको थियो।

Related Articles

Back to top button
Close