News

राष्ट्रसंघ र डब्ल्यूएचओको रक्षामन्त्रीसँग जिज्ञासाः नेपालमा अब लकडाउनको अवस्था के हुन्छ ?

काठमाडौं । संयुक्त राष्ट्रसंघ (युएन) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित प्रतिनिधिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । भेटमा राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालरी जुलियाण्ड र डब्ल्यूएचओका प्रनितिधि डा.जोस भ्यालेण्डरले कोरोना भाइरस नियन्त्रणका लागि नेपालले चालेका कदम र पछिल्लो अवस्थाका विषयमा जानकारी लिएका छन् । सरकारद्वारा गठित कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समन्वय समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले नेपालको अवस्था र चाल्नुपर्ने आगामी कदमहरुको बारेमा जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री पोखरेलले कोरोना नियन्त्रणका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएको र यसको उचित व्यवस्थापनका लागि आवश्यक सबै प्रवन्ध मिलाएको जानकारी गराउनुभएको रक्षा मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले बताए । भेटमा राष्ट्रसंघ र डब्ल्यूएचओका प्रतिनिधिले सिमित स्रोत साधनकाबीच कोरोना नियन्त्रणमा नेपालले गरेको प्रयास, क्वारेन्टाइनमा रहेकाहरुको अवस्था र लक डाउनका कारण अत्यावश्यक सामानको उपलब्धताको विषयमा पनि जानकारी लिनुभएको उपसचिव आचार्यले बताए ।

भेटमा उनीहरुले कोरोना नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने बचन पनि दिएका छन् । नेपालमा अब लकडाउनको अवस्था के हुने ? लकडाउन कम गर्दै जाँदा त्यसले पार्ने प्रभाव के हुन्छ ? भन्ने विषयमा पनि उनीहरुले विज्ञासा राखेका थिए । राष्ट्रसंघ र डब्ल्यूएचओका प्रतिनिधिले क्वारेन्टाइनम रहेका महिला र बालबालिकालाई व्यवस्थित तरिकाले राख्न र सकेसम्म होम क्वारेन्टाइनमै राख्न सकिने अवस्थाका विषयमा पनि नेपाल सरकारलाई सुझाव दिएका छन् ।

Related Articles

Back to top button
Close