Sunday, February 28

यस्तो माछा जसलाई छोए मात्रै जान्छ ज्यान !!

January 15, 2021 85

समुन्द्र र महासागरमा विभिन्न प्रकारका जीव पाइन्छन् । कोहि धेरै क्यूट हुन्छन्, त कोहि छोएमात्रै मानिसको ज्यान जान सक्ने विषले भरिपूर्ण ।आज हामी तपाईलाई एक माछोको बारेमा जानकारी दिनेछौँ ।

जुन माछोलाई हामीले छोएमात्रै पनि हाम्रो ज्यान जान सक्छ ।यसको एक थोपा विषले एउटा शहर नै ध्वस्त हुन सक्छ । स्टोन फिशको नाम सुन्नु भएको छ भने यो त्यहि माछो हो, जसको एक थोपा विषले एउटा शहर नै ध्वस्त पार्न सक्छ ।

यो पनि पढ्नुहोस् :सपनामा रोइरहेको देख्नुको मतलव के ?:के तपाइले कहिल्यै सपनामा रोइरहेको देख्नु भएको छ ? यदि छ भने त्यसको मतलव के हो भन्ने बारेमा तपाईलाई जान्ने धेरै इच्छा भयो हो ?आज हामी तपाईलाई यही बारेमा जानकारी दिनेछौँ ।

स्वप्न शास्त्रका अनुसार सपनामा आफू रोइरहेको देख्नुको मतलव जीवनमा मान र सम्मान छिटै मिल्ने संकेत हो । उक्त सपनाले तपाइको परिस्थिति बदलिएर मान र सम्मान दिलाउँछ ।

आफू सपनामा रुनुले तपाइको मानसिक अवस्थालाई पनि दर्शाउँछ । आफ्नो पीडा पोखिएको भनेर पनि बुझ्ने गरिन्छ ।त्यस्तै मनोवैज्ञानिकहरुको कुरा मान्ने हो भने आफ्नो वास्तविक जीवनमा जो मानिस रुँदैन उसले सपनामा आफ्ना पीडा पोख्ने गर्दछ ।
साथै कसैले भने सपनामा आफू रोइरहेको देख्नु भनेको आफ्नो आयु वृद्धि हुनु हो भन्ने मान्छन् ।

यो पनि पढ्नुहोस् :शरीरलाई स्वस्थ एवम् तन्दुरुस्त राख्न खानुहोस् यी खनेकुरा !!!:शरीरलाई स्वस्थ एवम् तन्दुरुस्त राख्नका निम्ति खानपानमा विशेष ध्यान दिनुपर्छ। खानपानमा ध्यान नदिँदा धेरै नै हानी पर्दछ । हामीले दैनिक जीवनमा केकस्ता खानेकुरा सेवन गर्छौं, त्यसमा नै हाम्राे स्वास्ठ्य निर्भर हुन्छ ।

यहाँ स्वस्थ जीवनयापनका लागि आवश्यक पर्ने केही फलफूलबारे चर्चा गरिएको छ । ब्रोकाउली:यसमा बीटा क्यारोटीन र आइसोथियोसायनेट नामक पोषक तत्व पाइन्छ । यसकारण ब्रोकाउलीले क्यान्सर रोकथाममा सहयोग गर्दछ । यस्तै यसले एन्टीएजींगको प्रक्रियामा समेत सहयोग गर्दछ । त्यसकारण खानामा ब्रोकाउलीको प्रयोग गर्नु निकै नै लाभदायक हुन्छ ।

कागती:भिटामिन सी युक्त फलफूलले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्छ । विभिन्न एलर्जीबाट बचाउनका लागि पनि भिटामिन सी युक्त फलफूल आवश्यक पर्छ । भिटामिन सी पाइने फलफूलहरुमा सुन्तला, निबुवा, कागती लगायत पर्दछन् । यीनीहरुमा कायोफ्लेवोनाइड र लाइमोनीन समेत पाइन्छ । एन्टीअक्सीडेन्ट्सको उपस्थितीका कारण यी फलफूलहरुले क्यान्सर उत्पन्न गर्ने तत्वसँग लड्ने क्षमता समेत प्रदान गर्छ ।

अनार:एनीमिया अर्थात शरीरमा रगतको कमी कमी हुँदा रगतमा हेमोग्लोबिनको मात्रा बढाउन अनार महत्वपूर्ण हुन्छ । यसको सेवनले छाला समेत स्वस्थ रहन्छ । यसमा पाइने सुक्ष्म पोषक तत्वले शरीरको भित्री अंग समेत बलियो बनाउन सहयोग गर्छ ।

गेडागुडी;बुढ्यौलीपनलाई हटाउनका निम्ति अंकुराएको गेडागुडी खानु लाभदायक हुन्छ । यसको सेवनले रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, धेरै रोगहरुबाट बचाउन यसले सहयोग गर्छ । अंकुराउँदै गरेको गेडागुडीको सेवनले छाला समेत बलियो तथा कसिलो बनाउँछ ।

ग्रीन टी:ग्रीन टीमा एन्टी अक्सीडेन्ट्स तत्व हुन्छ । यसले स्वास्थ्यलाई स्वस्थ रहन मद्दत गर्छ । यसले शरीरको तौल घटाउने, कपाल झर्नबाट रोक्ने जस्ता काम गर्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम गर्न मदत गर्छ । यसको सेवनबाट कोलेस्ट्रोलको समेत सन्तुलन गर्दछ । यसले रक्त चापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।

जौ:जौमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसकारण मानिसमा कब्जियतको समस्या हटाउनका लागि यो अत्यन्तै लाभदायक हुन्छ । साथै यसले पाचन प्रणाली समेत सक्रिय बनाउँछ । यसमा बीटाग्लूकेन्स हुने हुनाले कोलेस्ट्रोलको मात्रा घटाउनका लागि पनि यो महत्वपूर्ण हुन्छ ।

लसुन:लसुनको सेवनले शरीरमा रोग प्रतिरोधक क्षमता बढ्छ । यस कारण यसले शरीरलाई धेरै रोग लाग्नबाट बचाउँछ । यसको सेवनबाट उच्च रक्तचापको नियन्त्रण गर्न समेत सहयोग मिल्छ । साथै एन्टीएजिंग प्रक्रियामा समेत यो महत्वपूर्ण हुन्छ ।

ओखर तथा बदाम:यसको सेवनले स्थास्थ्य तन्दुरुस्त हुनुका साथै सुन्दरतामा पनि वृद्धि गर्छ । यसमा हुने भिटामिन ई टोकोफेरलको रुपमा पाइन्छ, जुन मुटुका लागि अत्यन्तै लाभकर हुन्छ ।

यस्तै, बदामको सेवनले पनि मस्तिस्कको क्षमता बढाउन मद्दत गर्छ । आँखाको प्रकाश बढाउनका लागि पनि यो निकै लाभकर हुन्छ । बदाममा भिटामिन बी, भिटामिन ई, पाइन्छ ।

प्रतिकृया दिनुहोस्