News

धुर्मुस सुन्तली द्वारा निशुल्क खाना वितरण

काठ्माडौं अहिले विश्वभर कोरोना भाईरसको महामारी फैलिएको छ । सबै नेपाली लकडाउनको प्रभावमा छन् । कोरोना प्रभावितहरुका लागी बिभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु सक्रिय रुपमा राहतका प्याकेज बितरण गरिरहेका छन् । यसैबिच महाभुकम्प पछि निरन्तर सामाजिक कार्यमा सक्रिय सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेशनले कोरोना प्रभावित नेपालीहरुका लागी बिभिन्न राहत सामाग्री वितरण गरिरहेको छ ।

कोरोनाको महामारीले बिभिन्न स्थानमा अलपत्र परेका नेपाली तथा बिहान बेलुका खाना खान समेत समस्या भएका नेपालीहरुका लागी फाउण्डेशनले बिभिन्न तरिकाले सहयोग गरिरहेको छ ।फाउण्डेशनले पहिलो चरणमा उद्धार कार्य र दोश्रो चरणमा राहत बितरण गर्दै अहिले निशुल्क भोजनको व्यवस्था गरेको छ ।बैसाख ९ गते किर्तिपुर स्थित रहेको त्रिभुवन विश्व बिद्यालयमा अध्यनरत २०० जना बिद्यार्थीहरुका लागी राहत वितरण संगैं कोरोना प्रभावितहरु पहिचान गरी निरन्तर सहयोग गरिरहेको छ ।
त्रिभुवन विश्व बिद्यालयका २०० बिद्यार्थीहरुका लागी फाउण्डेशनले २०० बोरा चामल, ६००

केजी दाल, २०० पाकेट नुन, २०० लिटर तेल र २०० कार्टुन बिस्कुट सहित खाद्यान्न सहयोग प्रदान गरेको हो । त्यससंगैं झापामा अलपत्र परेको चितवनका २४ बिद्यार्थीहरुलाई चितवन र ललितपुरमा अलपत्र अवस्थामा रहेका ९५ जना मजदुरहरुलाई२ वटा बस रिजर्भ गरी उनिहरुको गृहजिल्ला दाब पठाईएको थियो । धुर्मुस र सुन्तलीको प्रत्यक्ष सहभागितामा काठमाण्डौं, ललितपुर तथा भत्तपुरमा रहेका बिभिन्न बिपन्न, गरिव, बिभिन्न रोगीहरु, ज्याला मजदुरी गरी गुजारा गर्ने मजदुरहरु, अशक्त, बिद्यार्थी, बृद्ध, गर्भवती महिला लगायतका पीडित पहिचान गरी अवस्थाअनुसार आर्थिक सहयोग समेत गरेको छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा धुर्मुसले बिभिन्न पीडामा रहेका कोरोना प्रभावित आमाहरुलाई आर्थिक सहयोग

गरेका थिए । धुर्मुसले आमाहरुलाई गरेको सहयोगको भिडियो थुप्रैपटक सेयर समेत भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार कोरोना प्रभावितका लागी हालसम्म ११ लाख बराबरको राहत विरण गरिसकिएको छ । बिभिन्न राहतका प्याकेज वितरण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले अहिले निशुल्क भोजन सुरु गरेको छ ।

Related Articles

Back to top button
Close