नेपालमा प्रतिनिधिसभा विगठन भई तीव्र राजनी’तिक ध्रुवीकरण देखा परेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन केही दिन अघि नेपाल आइपुगेको टोली हेलि’कोप्टर चार्टर गर्दै सगरमाथा क्षेत्रमा पुगेको थियो। उक्त स्थानमा लिइएको ‘पिस टु क्यामेरा’मा जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको नाम परिवर्तन गरिनुपर्ने र त्यसको अभियान नै चलाउने बताएका थिए।
पत्रकारिताका वि’ज्ञहरूले भने यस विषयलाई महत्त्व दिने कि नदिने भन्ने विषयमा फरक-फरक मत राखेका छन्। यसअघि पनि जी न्यूजले प्रधान’मन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूतलाई जोडेर तयार पारेको सामग्री आपत्तिजनक रहेको बताउँदै केवल टिभी सञ्चाल:कहरूले उक्त च्यानल सहित अन्य केहीको प्रसार’णमा रोक लगाएका थिए।
पटक-पटक भारतीय सञ्चारमा’ध्यमहरूले प्रसारण गर्ने यस्ता विषयवस्तुका सन्दर्भमा नेपालका सञ्चारमाध्यम’हरूले स्थान दिनु कत्तिको आवश्यक छ त?त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अध्या’पक कुन्दन अर्याल भन्छन्, ”भारतीय सञ्चारमाध्यमले जे गरेका छन् त्यसका विषयमा हामी चुप लागेर बस्नु हुँदैन।” “किनभने उनीहरूसँग आ’फ्नो स्वर ठूलो छ भन्ने दम्भ छ। आफूले जे बोले पनि अरू चुप लागेर सुन्छन् र आफूले जे बो’ल्यो त्यो स्थापित हुन्छ भन्ने दम्भ छ।”
”तर यस अघि पनि भूकम्पका बेला उनीहरूले भारतलाई रक्षकका रूपमा स्थापित गर्दा ‘इन्डियन मिडिया गो ब्याक होम’ भन्ने अभियानले उनीहरूले आफूहरूले गलत गरेका छौँ भन्ने स्थि’तिसम्म पुर्यायो,” अर्यालले भने। “त्यसकारण यो खाले कुराह’रूमा हामीले नबोलेर नजरअन्दाज गरेर हुँदैन। यो कुराको त विरोध गर्नै पर्छ।”
त्यस्तै सीधाकुरा जनतासँगको कार्यक्रम निर्माता दीपक बोहोराले एउटा फेसबुक पोस्ट लेख्दै आजको कार्यक्रम बारे जानकारी दिएका छन् । हेर्नुहोस् उनको पोस्ट जस्ताको तस्तै –
प्रतिकृया दिनुहोस्