Monday, March 1

बढ्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति पुग्यो

January 15, 2021 96

काठमाडौँ– आज साताको छैटौ दिन शुक्रबार, नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो ।

भने आज सुनको मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्