Video

बुटवलका कोरोना संक्रमित युवा जब अवस्थामा देखिए (भिडियो)

बुटवल। रुपन्देहीको बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित युवाले नाचेर दिन कटाउने गरेका छन् ।जिल्लाको कोटहीमाई गाउँपालिकाका कोरोना संक्रमित युवा नाचेको भिडियो प्राप्त भएको छ ।काठमाडौंमा ती युवाको स्वाब जाँच गर्दा गत शुक्रवार रिपोर्ट पोजेटिभ देखिएपछि हस्पिटलको आइसोलेन वार्डमा भर्ना गरिएको थियो । ५० जना कोरोना संक्रमित राख्न मिल्ने क्षमताको आइसोलेसन वार्डमा ती संक्रमित युवालाई एक्लै राखिएको छ ।अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले एक्लै अस्पतालमा बस्दाबस्दै दिन कटाउन गाह्रो भएपछि संक्रमति युवा नाच्ने गरेको पुष्टि गरे ।

बुटवलको कोरोना अस्पतालमा उनीबाहेक अरु बिरामी छैनन् । कोरोना अस्पतालका पोस्ट अपरेसन इन्चार्ज माधुरी ज्ञवालीले संक्रमित बिरामीले नाचेर समय बिताउने गरेको बताइन् ।‘आइसोलेसनमा आउने बिरामीलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने र समय कटाउन सजिलो होस् भनेर गीत लगाइदिने गरिन्छ । गीत लगाउँदा उनी नाच्ने गर्छन्,’ उनले भनिन् । संक्रमित २५ वर्षीय युवा लकडाउनको समयमा वैशाख ५ गते भारतबाट लुकीछिपी रुपन्देही प्रवेश गरेका थिए । ती युवामा कोरोनाको कुनै लक्षण देखिएको छैन ।

Related Articles

Back to top button
Close