News

नेपालगन्जमा कोरोना संक्रमित ७ वर्षीया छोरीका बाबु भन्छन्-‘छोरी रोइरहन्छे, म सुन्‍नै सक्दिनँ’

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा सात वर्षीया बालिकादेखि ६० वर्ष उमेरका संक्रमितको उपचार भइरहेको छ । सात वर्षीयाका बाबु पनि संक्रमित छन् । उनी पनि आइसोलेसनमै छन् ।

आफ्नी सानी छोरीसँग छुट्टिएर अलग्गै बस्नुको पीडा यसरी सुनाए :

आइतबार थ्रोट स्वाब परीक्षण गर्दा म र मेरी सात वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि हामी १५ जनालाई राति साढे १० बजेतिर एउटै एम्बुलेन्समा राखेर यहाँ ल्याइयो । त्यतिबेलासम्म छोरी मेरो काखमै थिई । ‘बाबा हामी कहाँ जाने ?’ उसले सोधिरहेकी थिई । मैले केही उत्तर दिन सकिरहेको थिइनँ । ऊ अझै डराइरहेकी छ ।

अस्पतालमा ल्याएपछि छोरीलाई र मलाई फरक कोठामा राखियो । छोरीले औंला छोड्न मानेकी थिइनँ । ऊ रुँदै कोठाभित्र गई । एउटै भवनमा विपरीत दिशाका कोठामा हामीलाई राखिएको छ । उसलाई एउटी महिलासँग राखिएको छ । छोरीले त्यो कोठाबाट बोलिरहेको, कराइरहेको, बाबा, अम्मी भन्दै चिच्याइरहेको सुन्छु । आइतबार राति १२ बजेतिर मलाई बोलाएकी थिई । छोरीको चिच्याहट सुनेर रातभरि सुत्न सकिनँ । छोरी चुलबुले स्वभावकी छे । खेल्न, खान, कार्टुन हेर्न मन पराउँछे ।

आजसम्म कहिल्यै आमाको काख छोडेर बसेकी छैन । घरमा एक्लै कहिल्यै बसिन । राति मेरो अँगालोमा निदाउने बानी थियो । अहिले त्यो कोठामा कसरी बसेकी होला, कोरोनाले भन्दा छोरीको चिन्ताले पिर लागेको छ ।

कान्तिपुर दैनिकको मधु शाहीले तयार पारेको यो स्टोरी पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्

Related Articles

Back to top button
Close