Friday, March 5

के तपाईं बालबालिकाको आँखामा गाजल लगाइदिनु हुन्छ भने होस् गर्नुस्, गाजल बन्न सक्छ ख तरा !!

January 15, 2021 108

नेपालमा नवजात शिशुको आँखामा गाजल लगाउने पुरानो प्रचलन रहेको छ । बालबालिकाको आँखामा लगाइएको गाजलले उनीहरुलाई निकै आकर्षक देखिन्छ । आँखा राम्रो देखाउनका लागि मात्र नभएर स्वस्थ राख्न गाजल लगाउनु पर्ने पुरानो मान्यता छ । यही मान्यताका आधारमा भर्खरै जन्मिएका बच्चाहरुलाई नेपालमा गाजल लगाईने गरिन्छ ।

आफ्नो बच्चालाई कसैको आँखा नलागोस् भन्ने मान्यताका साथ लगाईएको गाजलले कति असर पार्दछ यो कुरा हो कुनै अभिभावकलाई थाहा छैन । शिशुको आँखा उसको शरीरको सबैभन्दा सम्बेदनशील अंग हो । बालबालिकाले ठूला मानिस जस्तो आफ्नो आँखाको हेरचाह गर्न सक्दैनन् । र आँखामा आएको समस्या बताउन पनि सक्दैनन् ।

आँखामा गाजल लगाउनु त्यति सुरक्षित मानिँदैन तर नेपालमा यसको व्यापक रुपमा प्रयोग हुने गरेको छ । बालबालिका र युवतीहरुले यसको प्रयोग गर्ने गरेका छन् ।

बालबालिकामा गाजल लगाइदिँदा उनीहरुलाई यसले पीडा दिन सक्छ । घरमा बनाइएको गाजल लगाउँदा सुरक्षित हुन्छ भन्ने सोच्ने गर्नु भएको छ भने त्यो पनि सही नहुन सक्छ । किनकी गाजल लगाउँदा त्यसले बालबालिकामा इन्फेक्सन हुन सक्छ ।

बालबालिकाले आँखामा लगाइएको गाजललाई हातले चलाउने गर्छन् र हातमा पनि इन्फेक्सन हुन सुक्छ । बजारमा पाइने गरेको गाजलमा लिड (सीसा) को प्रयोग अत्याधिक हुने गरेको छ ।

लिडको आँखामा प्रयोग निकै हानिकारक हुन्छ । गाजलमा मुख्य रुपमा एमार्फसे, कार्बोन, जिंकेट, म्याग्नेटाइट तथा माइनिमम पाइन्छ । जब शिशुको आँखामा लामो समयसम्म गाजलको प्रयोग हुन्छ तव यसले ठूलो असर गर्छ । गाजलमा हुने यी तत्वले शिशुको दिमागमा नराम्रो असर पर्छ र शिशुलाई बोनम्यारो हुने खतरा हुन्छ ।

गाजलबाट भएको संक्रमणका कारण आँखामा पानी आउने समस्या उत्पन्न हुन सक्छ । आँखामा हुने कार्निया धूलो, माटो र फोहरप्रति निकै सम्वेदनशील हुन्छ । त्यसैले गाजल लगाउनु अघि एकपटक विचार गर्नुहोला, लगाउँदा राम्रो देखिएपनि यसबाट हुने असरले कतै तपाईको बालबालिकामा आँखाको समस्या त आउँदैन ।

यो पनि पढ्नुहोस् :यस्तो माछा जसलाई छोए मात्रै जान्छ ज्यान !!:समुन्द्र र महासागरमा विभिन्न प्रकारका जीव पाइन्छन् । कोहि धेरै क्यूट हुन्छन्, त कोहि छोएमात्रै मानिसको ज्यान जान सक्ने विषले भरिपूर्ण ।आज हामी तपाईलाई एक माछोको बारेमा जानकारी दिनेछौँ ।

जुन माछोलाई हामीले छोएमात्रै पनि हाम्रो ज्यान जान सक्छ ।यसको एक थोपा विषले एउटा शहर नै ध्वस्त हुन सक्छ । स्टोन फिशको नाम सुन्नु भएको छ भने यो त्यहि माछो हो, जसको एक थोपा विषले एउटा शहर नै ध्वस्त पार्न सक्छ ।

प्रतिकृया दिनुहोस्